कांग्रेसको नेतृत्व देशद्रोही छ ! पद, पैसा र पावरको लागि देउवाले जे पनि गर्छन : रघुजी पन्त (हेर्नुहोस भिडियो सहित)
कांग्रेसको नेतृत्व देश द्रोही छ ! पद ,पैसा र पावरको लागि देउवाले जे पनि गर्छन र जस्तो सुकै हदसम्म पनि जान्छन् ! ओलीले प्रधानमन्त्री हुदा दह्रो राष्ट्रिय अडान लिएर भारतलाई झुकाएर नेपालको स्वाभिमान र गौरवलाई उच्चो बनाए ! बढ्दो क्रिश्चियनकरणले नेपालको सबै मौलिक पहिचान नष्ट गर्दै भविष्यमा देशालाई धार्मिक द्वन्दलाई लग्दैछ यसलाई नियन्त्रण गर्नु पर्छ !
एमाले नेता रघुजी पन्तले माउन्टेन फोकसमा ब्यक्त गरेका बिचारहरु :
-देउवा पद , पैसा र पावरको लागि जस्तोसुकै हर्कत र राष्ट्रघात गर्न पनि पछि पर्दैन किनकी कुनै समय देउवा प्रधानमन्त्री हुदा त्यो सरकारमा आफु पनि सामेल भएकोले देउवालाई अति नजिकबाट चिनेको भन्दै पन्तले यस्तो विचार राखे |देउवामा स्वाभिमान भने कुनै कुरा नै छैन ! बिदेशी शक्तिको सल्लाहमा प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशको चुनाव सारेर देशलाई संगिन मोडमा लगे | शेरबहादुर देउवा जस्तो ब्यक्ति नेपालको प्रधानमन्त्री छ भन्दा आफुलाई लाज लाग्ने र हीनताबोध हुने पन्तको भनाइ !
बिपी जस्तो राष्ट्रबादी नेताले नेतृत्व गरेको कांग्रेसमा देउवा र रामचन्द्र पौडेल जस्ता नेताहरु हुनु दुर्भाग्य हो ,यो दुर्भाग्य कांग्रेसको लागि मात्रै होइन सिंगो देशकै लागि दुर्भाग्य हो | देउवाले गरेको हरेक गलत कामहरुको कुनै पनि बिरोध नगर्ने रामचन्द्र पौडेल पनि नेता हुन् योग्य भएन्न |
बिपी पुत्रहरु त झन् कामै नलाग्ने भए , कोइराला परिवारमा आशा गरिएको शेखर कोइराला झन् बिदेशी शक्तिलाई रिझाएर शक्ति हात पार्ने दाउमा लगेका छन् |
बिपी, गणेशमान , किशुनजीले नेतृत्व गरेको नेपाली कांग्रेसमा राष्ट्रिय स्वाभिमान भने कहाँ हरायो कहाँ भन्दै पन्तले प्रतिप्रश्न उठाएका छन् |
-एमालेले सरकारको नेतृत्व गर्दा आजसम्म कहिले पनि कुनै पनि राष्ट्रघात गरेको छैन , त्यस्तो गरेको कुनै पनि प्रमाण भए सार्बजनिक गर्न टिभी शोमै रघुजी पन्तले खुल्ला चुनौती दिए ! राधाकृष्ण मैनालीले आफ्नु जीवन कथामा केपी ओली र माधव नेपालको बारेमा लेखेको सबै कुराहरु झुट हुन् त्यसमा कुनै सत्यता छैन भन्दै पन्तले महाकाली सन्धि तत्कालिन प्रधानमन्त्री देउवाले पास गरेको बताए !
राजा महेन्द्र र राजा बीरेन्द्रले नेपालको स्वाभिमान संसारमै उच्चो राखेको स्मरण गर्दै राजतन्त्रको शासनकालमा लोकतन्त्र ,वाक स्वतन्त्रता नभए पनि देशको अन्तर्राष्ट्रिय स्वाभिमान गर्व गर्न लायक थियो तर अहिले जनताको शासन त्यसमाथि अहिले देउवा प्रचण्ड गठबन्धनले देशको स्वाभिमानलाई रसातलमा डुबाएको भन्दै पन्त प्रचण्ड र देउवाप्रति आक्रोश पोख्छन !
एमालेका केपी ओलीले प्रधानमन्त्री हुदा राजा महेन्द्र र राजा बीरेन्द्रको भन्दा पनि दह्रो राष्ट्रिय अडान लिएर भारतलाई झुकाएर नेपालको स्वाभिमान र गौरवलाई उच्चो बनाएको पन्त भनाई छ | एमालेको राष्ट्रवाद खोक्रो जस्तो लाग्छ भने चुनाबमा एमाले हराएर देखाउन कांग्रेस माओबादीलाई चुनौती दिएका छन् पन्तले |
धर्म निरिपेक्षताको नाममा पश्चिमा इसाई देशहरुले नेपालमा धर्म परिवर्तन गराउन पैसाको खोला बगाएको छ जसले कालान्तरमा नेपाललाई धार्मिक द्वन्दलाई लग्दैछ यसलाई बेलैमा नियन्त्रण गर्न नसकिए ठुलो संकट बेहोर्नु पर्ने चेतावनी दिएका छन् पन्तले | अन्तरवार्ताको क्रममा पन्त भन्छन धर्म निरिपेक्षको अर्थ राज्यले धर्मसंग सम्बन्ध नराख्नु भनेको होइन सबैला बराबरी स्थान दिने भनेको हो तर नेपालमा चै धर्म निरिपेक्षको नाममा इसाइकरण हुदै गयो जसले नेपालको सबै मौलिक धर्म संस्कृति नै मासिने डर पैदा भयो भन्छन |
हेर्नुस माउन्टेन फोकसमा रघुजी पन्तको शब्दहरुमा आगोको गोलाको बर्षा :


