इलाममा उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

इलाम, ५ असार । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो ।

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो ।

उहाँको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।