जुन पार्टीमा आवद्द भए पनि एमालेलाई भोट हाल्नुस् : ओली

झापा, ५ असार–गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै पार्टीमा आवद्ध भए पनि देश निर्माणका लागि चुनावमा एमालेलाई साथ दिन मतदातासँग आग्रह गरेका छन् । कन्काई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा रहंदा एमाले र अन्य पार्टीले कसरी काम गरेका थिए तुलना गरेर देशहितमा रहेको एमालेलाई मतदान गर्न उनले आग्रह गरे ।

ओली तीन दिने चुनावी कार्यक्रम सहित सोमबार झापा आइपुगेका हुन् । ओलीलाई स्वागत गर्न हजारौंको जुलुश भद्रपुर विमानस्थल पुगेको थियो ।

‘एमालेले सरकारको नेतृत्व गर्दा कसरी काम गर्छ देख्नु भएको छ, अरु पार्टीले सरकारको नेतृत्व गर्दा के के गर्छन् त्यो पनि देख्नु भएको छ’ ओलीले भने, ‘अरु पार्टीमा अल्मलिएका साथीहरुलाई पनि म भन्छुः देशको समृद्धि र हितका लागि एमालेलाई मतदान गर्नुस् देश समृद्ध हुँदा तपाईंहरु पनि समृद्ध हुनुहुन्छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा थालेको पूर्वपश्चिम रेल र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको योजना केही वर्ष भित्रै सार्थक हुने पनि वताए । ‘कसैले पहाडका मात्रै कुरा गर्छन्, कसैले मधेसका मात्रै कुरा गर्छन्, कसैले हिमालका मात्रै कुरा गर्छन् । एमाले मधेस, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनताको पार्टी हो’ ओलीले भने, ‘म प्रधानमन्त्री भएको बेला पूर्व–पश्चिम, केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने योजना थालनी गरेको छु । हिमाल, पहाड, तराई सबैतिर त्यसले समृद्धि ल्याउँछ ।’

उनले एमाले राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र समृद्धिको नेतृत्व गर्ने पार्टी रहेको वताउँदै यस उद्धेश्यका लागि अरु पार्टीमा नभौंतारिन पनि आग्रह गरे । ‘लोकतन्त्रको रक्षा गर्नु छ एमाले छ, स्वाभीमानको रक्षा गर्नु छ एमाले छ, विकास र समृद्धि चाहिन्छ एमाले छ’ ओलीले भने, ‘अरुले लोकतन्त्रको कसरी खिल्ली उडाए, स्उनीहरु वाभीमानको विरुद्ध कसको पक्षमा उभिए, समृद्धिको योजनालाई कसरी उडाए ? त्यसैले यी सबै उद्धेश्यका लागि एमाले नै तपाईंहरुको पार्टी हो ।’

नेपालमा कुनै समयमा विभेद र असमानता भए पनि संविधानसभाले जारी गरेको संविधानले त्यसलाई अन्त्य गरेको वताए । ‘हो कुनै बेला असमानता र विभेद यहाँ थियो तर, हामीले संविधानसभाबाट जारी गरेको संविधानले असमानता र विभेद हटाएको छ’ ओलीले भने, ‘अव त्यसलाई कार्यान्वयन गर्दै देश बनाउनु छ ।’ कार्यक्रममा कांग्रेस, माओवादी लगायत पार्टीका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।