औद्योगिक ग्राम संचालन गरी एक बर्ष भित्रमा उद्योग संचालन गर्ने कांग्रेस धनकुटाको प्रतिवद्दता
धनकुटा ५ असार, धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको औद्योगिक ग्राम कांग्रेसको पहलमा निर्माण भैरहेकोले एक बर्ष भित्रमा औद्योग ग्राममा साना उद्योगहरु स्थापना गरी साना घरेलु उद्योगहरु मार्फत धनकुटालाई समृद्धी बनाउने आज धनकुटा नगरपालिका वडा नं.६ को औद्योगिक क्षेत्र र गोठगाउमा आयोजना गरिएको चुनावी कार्यक्रममा कांग्रेस धनकुटा नेताहरु र उम्मेदवारहरुले वताउनु भयो ।
उक्त चुनावी कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, मेयरका उम्मेदवार दिनेश राई, उपमेयरका उम्मेदवार रेणु श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार नरेश श्रेष्ठ, सदस्यका उम्मेदवारहरु हीरादेवी राई, मुना सार्की, वेणु वहादुर वस्नेत र मिलन कुमार खड्की, नेपाल तरुण दल धनकुटाका सदस्य प्रकाश थुलुङ्ग लगायतले औद्योगि क्षेत्रमा एक बर्षमा उद्योगहरु स्थापना गर्ने, औद्योगिक क्षेत्र,गोठगाउ गोलाई लगायत सवै टोलहरुमा सडक निर्माण, विद्युत विस्तार तथा पोल फेर्ने, र प्रत्येक घर घरमा खानेपानी उपलब्ध गराउने वताउनु भयो ।
वडा नं. ६ का वडाध्यक्षका उम्मेदवार नरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको चुनावी कार्यक्रममा टोल टोलमा स्थानीय वासिन्दाहरुले माग पत्र प्रस्तुत गर्नु भएको र उम्मेदवारहरु र नेताहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।


