धनकुटा नगरपालिकामा मेयर तथा उपमेयरका लागी १६ जनाको उम्मेदवारी दर्ता
धनकुटा खबर, ६ असार । स्थानिय तहको निर्वाचनका लागी धनकुटा नगरपालिकामा मेयर तथा उपमेयरका पदका लागी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयर पदका लागी आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्् भने उपमेयरका लागी पनि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । धनकुटा नगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता दिने राजनितिक दलहरुमा नेकपा एमाले,नेपाली काग्रेस,नेकपा माओवादी केन्द्र,राप्रपा,नयाँ शक्ति पार्टी,राष्ट्रिय जनमोर्चा रहेको छ ।
यस्तै संघिय समाजवादी फोरम नेपाल,मधेसीजनधिकार फोरम नेपाल लोकतान्त्रिक,संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र उपप्रमुख पदमा एक जनाले स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको ।
यस्तै पाख्रिवास नगरपालिकामा मेयर पदका लागी ७ जना र उपमेयर पदका लागी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मनोज आचार्यले वताउनुभयो । उहाँका अनुसार मेयरमा स्वतन्त्रवाट एक जना र उपमेयरमा स्वतन्त्रवाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पाख्रिवास नगरपालिकामा उम्मेदवारी दर्ता गराउने राजनितिक दलहरुमा नेकपा एमाले, नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र,राप्रपा,जनमुक्ति,संघियसमाजवादी फोरम र स्वतन्त्र रहेका छन् । यसैगरि महालक्ष्मी नगरपालिकामा मेयरपदका लागी ७ जना र उपमेयर पदका लागी ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्
जल्ला निर्वाचन कार्यालय धनकुटाका अनुसार जिल्लाका सातवटै तहमा प्रमुख,उपप्रमुख,वडा अध्यक्ष तथा सदस्य पदका लागी एक हजार दुई सय छ जनाले मनोनयन दर्ता गराएका छन् ।


