शिव स्मृति कोष सञ्चालनका लागी विद्यालयलाई आर्थिक सहयोग
धनकुटा खबर, ६ असार । धनकुटा नगरपालिका वडा न.५ मा रहेको गोकुण्डेश्वर वालमन्दिर माध्यामिक विद्यालयमा शिव स्मृति कोष सञ्चालनका लागी विद्यालयलाई ५० हजार ५ सय ५५ रुपैया प्रदान गरिएको छ ।
धनकुटा नगरपालिका वडा न.५ निवासी मुना प्रधान र उहाँका छोरीहरु सिना, सिला, जिना र आस्मा प्रधानले पति तथा वुवा शिव प्रधानको नाममा शिव स्मृति कोष सञ्चालनका लागी आर्थिक सहयोग प्रदान गर्नुभएको हो । उहाँहरुले विद्यालयमा शिव स्मृति कोष स्थापना गर्नुभएको छ ।
उक्त रकम वैकमा खाता खोली अक्षयकोष स्थापना गर्ने र सो रकमको ब्याजवाट प्रत्येक वर्ष गरिब जेहेन्दार छात्र र छात्रालाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक एवं सुचना अधिकारी चक्रपाणी सुवेदीले वताउनुभयो ।

