‘सबै दलले बोकेका एजेण्डा माओवादीको !’
धनकुटा खबर ,असार ६ गते । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य देब गुरुङ्गले आसन्न स्थानिय तहको निर्वाचन माओवादी कै एजेण्डा कार्यानवयनका लागि भएकाले पार्टीलाई शान्तिपूर्ण रुपमा चुनावमा भाग लिन पाटीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पूर्व स्थानि बिकास मन्त्री समेत रहेका गुरुङ्गले चुनावी अभियानका क्रममा नेकपा माओवादी धनकुटा नगरले कमिटीले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
“अहिले काँग्रेस,एमाले लगाएत धेरै दलहरुले उठाएका नारा तथा एजेण्डाहरु माओवादीले तात्कालिन जनयुद्धमा उठाएका मुद्दाहरु छन्”उनले भने,“चुनावको परिणम संग नआत्तिनुस्,बिस्तारै हाम्रै बिजयी हुन्छ ।”
संसारभरीको राजनीतिमा जसको एजेण्डा उसैको राजनैतिक बिजयी हुने भएकोले अहिले माओवादी तेस्रो पाटी भएपनि भविष्यमा पहिलो पाटी हुने गुरुङ्गको दावी थियो ।
नगर समिति धनकुटाका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सह ईन्चाज उज्जवल किराती नगर समितिका इन्चार्ज डम्वर सुब्बा लगाएतले धारणा राखेका थिए ।


