नेपालगन्ज उप–महानगरपालिकामा माओवादी केन्द्रीय नेतासहित सयौं एमालेमा प्रवेश

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी गराउन विभिन्न पार्टी छोडेर आउनेको संख्या बढिरहेको छ ।

नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य शालिकराम पाठक, नेपाली जनता दलका जिल्ला सचिव छोटेलाल सोनखर, संघीय समाजबादी फोरमका जिल्ला सदस्य राजु भनिने जयराम गडरिया, सन्जय पाठक, हरि क्षेत्री, सर्वेश ठाकुर, राजेश शर्मा, कने बढै, उधौ धोवी,ढोडे बढै, सलिम अन्सारी, शिवकुमार यादव लगायतका तीन सयको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यतामा नेपालगन्ज उपमहानगरपालिका—१७ नम्बर वडा परसपुरमा आयोजित सभामा माओवादी, जनता दल, संघीय समाजबादी फोरम, नेपाली कांग्रेसका स्थानीय अगुवा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उहाँहरुलाई टिका लगाएर स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले मधेसमा एमाले छैन भन्दै सिठ्ठी बजाउनेहरुलाई पार्टी प्रवेशको लहरले झापड हानेको बताउनुभयो । उहाँले मधेसी जनतालाई एमालेसंग नजिक हुन रोक्न खोज्ने तागत परास्त भइरहेको पनि बताउनु भयो ।

उपाध्यक्ष गौतमले भन्नुभयो — ‘एमालेलाई कमजोर पार्न अन्य पक्ष हात धोएर लागेको भएपनि केही सीप चल्दैन ।’ उक्त वडामा राम्रो जनाधार भएका नेताहरु एमालेमा प्रवेश भएपछि आगामी निर्वाचनमा जित निश्चित भएको उक्त वडाका अध्यक्ष उम्मेदवार निजामुद्धिन ईद्रिसी (दर्जी)ले बताउनुभयो । पार्टी प्रवेश पछि उत्साहित देखिएका माओवादी पूर्व केन्द्रीय सदस्य पाठकले अन्य पार्टीले भ्रम छरेर जनतालाई झुक्याएको अनुभूति भएपछि आफु एमालेमा प्रवेश गरेको बताउनु भयो ।

सभामा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन, सल्लाहकार समितिका सदस्य समिमिया अन्सारी, पार्टी अध्यक्ष अशोक कोइराला, मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर उम्मेदवार शान्ती ढकाल लगायतले आफ्नो पार्टीको जित सुनिश्चित भएको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।