धनकुटामा १४ उमेद्वारी फिर्ता

धनकुटा खबर, असार ७ । धनकुटाको स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिएको १४ जनाले उम्मेदुवारी फिर्ता लिएका छन् ।

धनकुटाको ७ तह मध्ये पाख्रीबास नगरपालिकाबाट ८ जना र महालक्ष्मि नगरपालिकाबाट ६ जनाले उमेद्वारी फिर्ता लिएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

पाख्रीबास नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदुवारी दिएका चन्द्रबहादुर बस्नेत र उपमेयरमा उम्मेदुवारी दिएका विदुर न्यौपानेले फिर्ता लिएका छन् ।

त्यसैगरी पाख्रीबासकै वडा नं. १ मा स्वतन्त्र उम्मेदुवारी दिएका गोपाल बस्नेत र दुर्गा थापा, वडा नं. २ का विश्वास पुलामी र वडा न४ का गंगा बस्नेतले उम्मेद्वारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका ४ खुल्ला सदस्य र एक महिला सदस्यले पनि उम्मेदुवारी फिर्ता लिएको पाख्रीबास नगरपालिका निर्वाचन कार्यालय प्रमुख मनोज आचार्यले जनकारी दिनुभयो ।

त्यसैगरी महालक्ष्मी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदुवारी दिएका तुलसीजंग बुढाथोकी, वडा नं. २ का वडाध्यक्ष उम्मेदुवार जयबहादुर लिम्बु र वडा नं. ७ की महिला सदस्य उम्मेदुवार सविता राईले उम्मेदुवारी फिर्ता गरेको निर्वाचन कार्यालय प्रमुख शम्भु मगरले जानकारी दिनुभयो ।

चौविसे गाउँपालिकामा पनि उपाध्यक्षमा उम्मेदुवारी दिएका संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदमसुन्दर राईले उम्मेदुवारी फिर्ता लिएका छन् ।

यी बाहेक धनकुटा अन्य स्थानीय तहमा उम्मेदुवारी फिर्ता भएको छैन । धनकुटाको ७ वटा स्थानीय तहमा ४ जना स्वतन्त्र उम्मेदुवार भएका छन् । धनकुटा नगरपालिकामा सावित्रादेवी विश्वकर्मा, साँगुरीगढी गाउँपालिकामा सानीमाया तामाङ र छथरजोरपाटी गाउँ पालिकामा ईन्द्रबहादुर कार्की उपमेयर पदमा स्वतन्त्र उम्मेदुवार भएका छन् ।

त्यस्तै चौविसे गाउँ पालिको वडा नं. ६ को वडाध्यक्षमा मणी चेम्जोङ स्वतन्त्र उम्मेदुवार बनेका छन् । उनीहरुले मंगलबार चुनावी चिन्ह समेत प्रदान गरेको निर्वाचन कार्यालय जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।