जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस : धनकुटाको हिलेमा यसरी मनाईयो (फोटो फिचरसहित)

धनकुटा खबर, असार ७ । आज जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ मनाईदै गरेको योग दिवसको अवसरमा धनकुटाको हिलेमा आयोजित एक कार्यक्रमको वीच नेपाली कंग्रेस वडा नं १ हिलेका वडाध्यक्ष उम्मेद्धार रुकमान तामाङ्गले पतञ्जली योग शिविर हिलेलाई नगद सहयोग गर्नुभएको छ । उहाँले पतञ्जली योग शिविर सञ्चालन गर्न अझ सहज होस् भन्ने लक्षका साथ नगद रु १५ हजार रुपयाँ सहयोग गर्नु भएको हो ।

पतञ्जली योग शिविर हिलेद्धारा आयोजित कार्यक्रममा योग गर्न नियमित उपस्थित हुने र योग शिविर सञ्चालनका लागि विभिन्न क्षेत्रवाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा भगीरथी राई,तुलसी शाही, सरोज घिमिरे, नगेन्द्र वस्नेत, सरिता वस्नेत,रेवती घिमिरे, लगायत रहेका छन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रममा वोल्दै पतञ्जली योग शिविर हिलेका अध्यक्ष सिताराम श्रेष्ठले दैनिक विहान एक घण्टा भए पनि योग गर्नाले मानव शरिरमा लाग्ने करिव ९० प्रतिशत रोगवाट वच्न सकिने वताउदै सवैलाई योग शिविरमा सरिक हुन आग्रह गर्नुभयो ।

शिविरका सदस्य जमुना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग शिविर धनकुटाका प्रशिक्षक तथा आजका कार्यक्रमका प्रमुख अतिथि पुष्पराज जोशीले योग गर्दा हुने लाभको विषयमा जानकारी गराउदै प्रशिक्षण पनि प्रदान गर्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरे,सामाज सेवी गणेश थापा लगायतकाले मन्तव्य राख्दै शिविरलाई अझ व्यवस्थित र निरन्तर तरिकाले सञ्चालन गर्नका लागि पहल गर्न सुझाव दिएका थिए ।

संयुक्त राष्ट्र सङ्घले गत वर्ष जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरे सँगै आजको दिनलार्य योग दिवस मनाउन थालिएको हो ।

योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।