नेकपा एमालेबारे प्रचण्डको ठूलो खुलासा !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले परिवर्तन विरोधी भएको बताएका छन् ।

‘एमाले बहुमतमा पुगे अहिलेको परिर्वतन समेत गुमराहमा पार्न सक्ने खतरा छ,’ उदयपुरको गाईघाटमा भएको चुनावी सभालाई सम्बोधन गर्दैं प्रचण्डले भने– ‘जो यो देशमा आर्थिक सम्मृद्धि चाहान्छ, त्यो मात्र राष्ट्रवादी हुन्छ ।’ एमालेको राष्ट्रवाद खोक्रो भन्दै प्रचण्डले माओवादीलाई हेर्ने दृष्टिकोण बदल्न काङग्रेसका कार्यकर्तालाई आग्रह गरे ।
एमाले अहिलेको परिवर्तन विरोधी भन्दै प्रचण्डले परिवर्तनको रक्षा गर्न माओवादी केन्द्र र नेपाली काँग्रेस लागी परेको दाबी गरे ।


