धनकुटाका १५ वटै श्रोत केन्द्रमा पढाई उत्सव कार्यक्रम सञ्चालन
धनकुटा खबर, ८ असार । धनकुटा जिल्लाका १५ वटै श्रोत केन्द्रमा पढाई उत्सव कार्यक्रम शुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत जिल्लामा रहेका १५ वटै श्रोत केन्द्रमा पढाई उत्सव कार्यक्रम सञ्चालन गरिएको हो ।

तस्वीर: त्रिवेणी श्रोत केन्द्रमा सञ्चालन गरिएको पढाई उत्सव कार्यक्रमका सहभागि विद्यार्थीहरु
पढाई उत्सव कार्यक्रममा कक्षा १,२ र ३ मा अध्ययनरत विद्यार्थीहरु सहभागि भएका छन् । प्रारम्भिक कक्षामा अध्ययनरत वालवालिकाहरुमा पढने वाँनीको विकास गर्न सहयोग पुरयाउने उद्देश्यले पढाई उत्सव कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय प्रारम्भिक पढाई कक्षा कार्यक्रमका जिल्ला संयोजक योगेन्द्र चापागाईले वताउनुभयो ।
उहाँका अनुसार पढाई उत्सव कार्यक्रमले बालवालिकाहरुमा कम्तीमा १० मिनेट वुझेर पढने वानीको विकास हुने विश्वास लिईएको छ । पढाई उत्सव कार्यक्रममा सहभागि वालवालिकाहरुले विभिन्न आठ प्रकारका क्रियाकलापमा आफ्नो क्षमता प्रर्दशन गर्ने गरेका छन् । गित गाउने तथा कथा भन्ने,पढने,लेख्ने लगायत अन्य पढाईका ५ वटा तत्वमा आधारित रहेर वालवालिकाहरु सहभागि भईरहेका छन् ।
पुर्वाञ्चलका धनकुटा र सप्तरी जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम लागु भएको छ । कक्षा १,२ र ३ मा अध्ययनरत विद्यार्थीलाई नेपाली भाषाका पाठ्य सामग्री राम्ररी वुझेर पढन सक्ने वनाउने उद्देश्यले धनकुटा सहित नेपालका १६ जिल्ला कार्यक्रम सञ्चालन भईरहेको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ ।
यो कार्यक्रम जिल्लाका सवै सामुदायिक विधालयमा सञ्चालन भएको छ ।


