टाउकाको मूल्य तोक्नेले गणतन्त्रको रखबारी गर्न सक्दैनन् : प्रचण्ड

नेपालगञ्ज, ८ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले विजयी भए गणतन्त्र खतरामा पर्ने बताएका छन् ।

बाँकेको खजुरामा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनु पर्ने बताए ।

‘माओवादी बलियो हुँदा मात्र परिर्वतन संस्थागत हुन सम्भव छ’ उनले भने, ‘गणतन्त्र चाहियो भन्दा संकटकाल लगाएर टाउकाको मूल्य तोक्नेले गणतन्त्रको रखबारी गर्न सक्दैनन् ।’

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।