माओबादीका पूर्व लडाकु भन्छन्,- जनयुद्धमा मान्छे मार्दा गर्व लाग्थ्यो, अहिले पछुतो लाग्छ ! (भिडियो सहित)
साझा बहसको आजको श्रृखंलामा द्धन्द्ध प्रभावित महिला र परिवारको विषयमा चर्चा गरिएको छ । आजको विषयमा विशेषगरि द्धन्द्धपछि भएको विस्तृत शान्ति सम्झौता र त्यससंगै जोडिएको सेना समायोजनको बारेमा सम्बन्धित निकायका व्यक्तिहरुसंग कुरा गरिएको छ । सेना समायोजन र समायोजनमा पर्न नसकेका पुर्व लडाकु महिलाको वास्तविक भनाई नै आजको कार्यक्रमको मुख्य धार रहेको छ । विद्यार्थी कालमा नै उनलाई उतिबेला माओबादीले जर्बजस्ति भुमिगत बनाएका थिए । बुर्जवा शिक्षा केकालागि पढ्ने ? देश परिवर्तनको संघारमा छ र परिवर्तनसंगै पाठ्यक्रम पनि बदलिने छ भन्दै उनले पढदै गरेको शिक्षाको कुनै अर्थ नभएको देखाएर उनलाई ०५९ साल श्रावण १५ गते भुमिगत बनाईएको बताउँछिन् । भुमिगत बनाए त्यसपछि उनको हातमा राईफल र बम बारुद थमाएर लडाईको मैदानमा उभिने सिपाहीको रुपमा उनको परिचय नै परिवर्तन गरिदिए । उनी विद्यार्थीबाट लडाकु बनिन् । त्यो बच्चा जस्को कलमको निभ भाँचिदा कसरी लेख्ने भन्ने चिन्तामा अतालिन्थ्यो त्यही बच्चालाई माओबदिले जिउँदै मानिसलाई गोलि र बम बारुदले मार्नमा सुरी बनाईदियो । साझा बहसमा उठाईएको यो भिडियो…


