पाख्रीबासमा एमालेको चुनावी सभा र घरदैलो कार्यक्रम तिव्र, सडक विस्तार तथा स्तरउन्नति देखि वृद्धाभत्ता वृद्धि गरिदिन उम्मेदवारसँग माग

धनकुटा खबर, ८ असार । चुनावको मिति नजिकिदै गर्दा धनकुटा जिल्लामा क्रियाशिल राजनितिक दलहरुले चुनावी कार्यक्रमलाई तिव्र पारेका छन् । अहिले राजनितिक दलहरु चुनाव प्रचारप्रसार सहित घरदैलो कार्यक्रममा व्यस्त वनेका छन् । चुनावी सभा,घरदैलो कार्यक्रम,मतदातासगँ भेटघाट गर्ने जस्ता कार्यहरु अहिले राजनितिकहरुले तिव्र पारिरहेका छन् । नेकपा एमाले,नेपाली काग्रेस,नेकपा माओवादी कैन्द्र,राप्रपा लगायतका दलहरुले जिल्लाका सात वटै तह अन्र्तगत रहेका वडा वडामा र टोल टोलमा चुनावी सभामा,घरदैलो कार्यक्रम गरिरहेका छन् ।

राजनितिक दलहरु अहिले उम्मेदवारी सहित मतदाताको घर घर पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । यसै क्रममा नेकपा एमाले पाख्रिवास नगरकमिटिले पाख्रिवासको नगरपालिकाको १० वटै वडामा चुनावीसभा,घरदैलो कार्यक्रममालाई तिव्र पारेको छ ।

बिहिवार पाख्रिवास नगरपालिकाको वडा न.१ सान्ने स्थित नर्वदेश्वर र वडा न.२ मा चुनावीसभा सहित घरदैलो कार्यक्रम सम्पन्न भएको छ । चुनावी सभालाई मेयरका उम्मेदवार विर्खवहादुर राई,उपमेयरका उम्मेदवार देवकला पौडेल तिम्सिना,नगरकमिटि अध्यक्ष शान्तिराम गौतम,नेकपा एमाले जिल्ला कमिटि धनकुटाका सल्लाहाकार परिषद सदस्य नरेन्द्रकुमार सेम्वो लगायतले सम्बोधन गर्नुभएको थियो । पाख्रिवास नगरपालिका वडा न.२ मा ¥याली सहित चुनावी सभा सम्पन्न भएको छ ।

सो अवसरमा संघिय समाजवादी फोरम पार्टीका जिल्ला कमिटि सदस्य नरवहादुर अधिकारी लगायत विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको नगर कमिटि अध्यक्ष शान्तिराम गौतमले वताउनुभयो । चुनावी सभा सहित भएको घरदैलो कार्यक्रममा सहभागि उम्मेदवारहरुसँग स्थानियवासीले सडक विस्तार तथा स्तरउन्नति गरिदिन माग गरेका छन् । यस्तै विद्यृत विस्तार,खानेपानी,सहज स्वास्थय सेवा लिने व्यवस्था गरिदिन,वृद्धाभत्ता वृद्धि गरिदिन माग गरेका छन् ।

स्थानिय मतदाताको मागलाई सम्वोधन गर्दै मेयरका उम्मेदवार विर्खवहादुर राई र उपमेयरका उम्मेदवार देवकला पौडेल तिम्सिनाले आफुहरुलाई मतदान गरि विजय गराउन आग्रह गर्दै विजयी भएसगै स्थानियका मागलाई पुरा गरि छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै पाख्रिवास नगरकमिटि वडा न. ४ ले वडा अध्यक्षका उम्मेदवार सहित पाख्रिवास वजारमा घरदैलो कार्यक्रम गरेको छ । वडा अध्यक्ष उम्मेदवार सोवित निरौला,सदस्य उम्मेदवार डागमकुमार राई,अर्जुन गुरुङ्ग,शान्ति दर्जी,कृष्णमाया खड्का लगायत पार्टीका नेता तथा कार्यकर्ता सहित घरदैलो कार्यक्रम गरि आफुहरुलाई मतदान गरि विजयी गराउन वजारवासीसँग आग्रह गर्नुभएको छ ।

तस्विरः पाख्रिवास बजारमा नेकपा एमालेले सञ्चालन गरेको घरदैलो कार्यक्रममा उम्मेदवार सहित सहभागिहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।