राप्रपा धनकुटाको घरदैलो अभियान हिले वजारमा, यस्तो छ प्रतिबद्दता…
धनकुटा खबर, असार ८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज धनकुटा नगरपालिकाको वडा नं १ हिले वजारमा घरदैलो अभियान सञ्चालन गरेको छ ।

पूर्व वाणीज्य तथा आपूर्तिमन्त्री सुनिल वहादुर थापाको नेतृत्वमा सञ्चालित घरदैलो अभियानको क्रममा वोल्दै मन्त्री थापाले हिलेको स्थानीय वासिन्दाको खानेपानी समस्या समाधान गर्न ५ करोडको खानेपानी आयोजना सञ्चालन गर्ने वताउनुभएको छ ।

यस अघि वोरिङ्ग प्रणाली मार्फत खानेपानी आयोजना सञ्चालनको क्रममा यहाँका उपभोक्ताहरुवाट संकलित रु ४ हजार रकम सम्वन्धित उपभोक्ताहरुलाई नै फिर्ता गरी धनकुटा नगरपालिकाद्धारा छुट्टै ईकाई गठन गरी ५ करोड वरावरको खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै उहाँले चुनाव चिन्ह गाई मा मतदान गरी स्थानीय तहको निर्वाचनमा राष्टिय प्रजातन्त्र पार्टीलाई जिताउन आग्रह गर्नुभएको प्रदेश नं १ का संयोजक लाक्पा तामाङ्गले जानकारी दिनुभयो ।
भोलि ८ नं वडामा घरदैलो अभियान सञ्चालन गर्ने पार्टीले जनाएको छ ।


