श्रीमानले सौता हालेपछि तनावमा परेको बताउने शान्तीले युएईमा आत्महत्या गरिन्

असार ९ । युएईको आबुधाबीस्थित इजदा एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत झापाको शनिश्चरे ७ की शान्ती कार्की मगरले झुण्डिएर आत्महत्या गरेकी छन् ।

गएको शनिबार दिउँसो आफ्नै कोठामा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । साबियामा रहेको मजदुर क्याम्पको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा शान्तीको शव फेला परेको कम्पनीले जनाएको छ ।

शान्ती आबुधाबीको एक विद्यालयमा सरसफाइको काम गर्थिन् । शनिबार रमादानका कारण छुट्टि भएकाले उनी काममा गएकी थिइनन् । उनका अन्य सहकर्मी भने काममा गएका थिए । कामबाट फर्कदा झुण्डिएको अवस्थामा देखेपछि उनीहरुले नै क्याम्प व्यवस्थापनलाई खबर गरेका थिए ।

सोही कम्पनीमा केही समय अघि दुई नेपाली महिलाको ज्यान गएको थियो । कम्पनीमा झण्डै तीन सय नेपाली कार्यरत छन् । यसअघि त्यहाँ कार्यरत एक सय ३५ जना कामदार समस्यामा परेका थिए । उनीहरु मध्ये ७५ जना नेपाल फर्किएका छन् । कामदार समस्यामा परेपछि नेपाली दूतावासले यसअघि कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको थियो ।

आत्महत्या भएको पुष्टि, कारण अझै खुलेन : दूतावास

शान्तीले आत्महत्या गरेको आबुधाबी हेल्थ अथोरिटीले पुष्टि गरेको कम्पनीलाई उधृत गर्दै दूतावासले जनाएको छ ।

घटनास्थलबाट दूतावासबाट ५० किलिमोटरको दूरीमा छ । घटनाबारे सञ्चारकर्मीले जानकारी गराए पछि दूतावासले कम्पनीमा सम्पर्क गरेर थप विवरण मागेको थियो । मृतकको परिवारसँग नियमित सम्पर्क भएको र कानूनी प्रक्रिया पूरा गरेर चाँडै शव नेपाल पठाइने दूतावासका प्रवक्ता कृष्ण अर्यालले जानकारी दिनुभयो ।

इदको अवसरमा केही दिन सार्वजनिक बिदा परेकोले शव नेपाल पठाउन अझै केही दिन ढिला हुन सक्ने उहाँको भनाइ छ । आत्महत्याको कारण अनुसन्धानकै क्रममा रहेको दूतावासले जनाएको छ ।

श्रीमानले कान्छी ल्याएपछि आत्महत्या : सहकर्मी, दोस्रो श्रीमती ल्याएको छैन : आफन्त

श्रीमानले अर्की श्रीमती ल्याएको गुनासो गर्ने शान्ती जहिल्यै तनावमा देखिने गरेको सहकर्मीहरुको भनाइ छ ।

मानसिक तनाव थेग्न नसकेर उहाले आत्महत्या गरेको हुन सक्ने उनीहरुले बताएका छन् । तर अहिलेसम्म आत्महत्या गर्नुको कारण भने पुष्टि भएको भएको छैन । थोरै तलब भए पनि उनले कमाएको पैसा नेपालमा रहेका श्रीमानलाई पठाउने गर्थिन् ।

शान्तीले आफ्ना सहकर्मीलाई गुनासो गरे जस्तो उनका श्रीमानले अर्की श्रीमती भने नल्याएको युएईको रसअलखेमामा कार्यरत मृतककी आमाजु दिदी सीता फूयाँलले उज्यालोलाई जानकारी दिनुभयो । ‘भाइ पहिले मलेसियामा काम गथ्र्यो,’ उहाँले भन्नुभयो ‘भाइको सल्लाहमै शान्ती र उनकी माइजु एउटै कम्पनीमा तीन वर्ष अघि युएई आएका हुन् । भाइ बुहारीबिच नराम्रो सम्बन्ध थिएन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।