युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप, दुई घाइते, एक जना हतियारसहित पक्राउ

युएई । युएईमा गोर्खाल्याण्डको विषयमा विवाद हुँदा नेपालीबिच झडप भएको छ । झडपमा दुईजना नेपाली घाइते भएका छन् भने एक जना हतियारसहित पक्राउ परेका छन् ।

युएईको आबुधाबीमा बङ्गाली मार्केटमा सुनसरीको धरानका र झापाको काँकडभिट्टाका नेपालीबिच भनाभन हुँदा झडप भएको हो । झापा र धरानका सबै युवाहरु गोर्खाल्याड मागको विरोधी हुन् ।

तर झापाका युवाले आफू नेपाली भएकोमा गर्व गर्ने बताएपछि धरानका युवाले आवेशमा आएर गोर्खाल्याण्ड भारतमा बनाउन नपाइने भन्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शी जिफन्ट युएईमा आबद्ध झापाका किशोर केसीले बताउनुभयो ।

झडपमा झापा मेचीनगरका रबिन सिवाकोटी र अमृत तामाङ घाइते भएका छन । घाइतेको आबुधाबीमा उपचार भइरहेको छ । घाइते दुईजना नै आबुधाबीको एसिसी कन्ट्रर्याकटिङ कम्पनीमा कार्यरत छन् । चक्कु प्रहार गर्ने नेपालीलाई आबुधाबी प्रहरीले चक्कुसहित पक्राउ गरेको छ ।

गोर्खाल्यान्डका लागि युएईमा पनि अभियान
यसैबिच युएईमा कार्यरत दार्जिलिङका नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको माग गर्दै गोर्खाल्याण्ड आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । युएईको दुबइ, आबुधाबी र सारजँहामा कार्यरत दार्जिलिङका बासिन्दाले समूह बनाएर गोर्खाल्याण्डको आन्दोलनमा एैक्यबद्धता जनाएका हुन् । – उमाकान्त पाण्डे/ उज्यालो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।