धनकुटा कांग्रेसको दौडधुप: बिभिन्न स्थानमा घरदैलो अभियान र चुनावी सभा सञ्चालन

धनकुटा खबर, असार १० । निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस धनकुटा पनि आफ्नो चुनावी प्रचार-प्रसार दौडधुपलाई तिब्रता दिएको छ । चुनाव प्रचार प्रसार अभियान अन्तर्गत नेपाली कांग्रेसले आज जिल्लाको विभिन्न स्थानमा चुनावी घरदैलो अभियान तथा चुनावी सभा सञ्चालन गरेको छ ।

जस अनुसार नेपाली कांग्रेस धनकुटाले आज धनकुटा नगरपालिका वडा नं २ भीर गाउँ किन्ताङ्गमा चुनावी सभा सम्पन्न गरेको छ ।

किन्ताङ्गका समाजसेवी हर्क ठाडा मगरको अध्यक्षतामा सम्पन्न सभामा वोल्दै किन्ताङ्गमा कृषी र पर्यटनको क्षेत्रवाट विकास गर्ने अवताउदै स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराउन अनुरोध गरेका छन् ।

त्यसैगरी उनीहरुले स्थानीय तहको निर्वाचनमा कांग्रेस उम्मेद्धारहरुले जिते त्यहाँको प्रत्येक घरमा खानेपानीकाव्यवस्था गरिदिने, विद्युतको व्यवस्था गरिदिने, टोलटोलमा मोटरवाटोको सुविधा पुर्याउने आश्वासन दिएकाछन् ।

सभालाई पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,मेयर पद का उम्मेद्धार दिनेश राई, उपमेयर उम्मेद्धार रेणु श्रेष्ठ, नेवि संघ केन्द्रिय सदस्य ममता राई,नागरिक समाजका अध्यक्ष दोर्ण गुरागाई,भीरगाउँका पूर्व गाविस अध्यक्ष भक्त वहादुर भण्डारी लगायतकाले सम्वोधन गरेका थिए ।

सभामा २ नं वडाध्यक्ष उम्मेद्धार पृथसिंह दाहाल,महिला सदस्य दूर्गा वस्नेत,खुल्ला सदस्य पुरण राई,डिल्ली मगर ले किन्ताङ्गको विकासका लागि आफुहरु सधै क्रियाशिल रहने प्रतिवद्धता जाहेर गरेकाछन् ।

त्यस्तै जिल्लाको पाख्रीवास नगरपालिकामा पनि कांग्रेसले घरदैलो अभियान सञ्चालन गरेको छ । सो नगरपालिकाको मेयर उम्मेद्धार ईन्दिरा थापा,उपमेयर उम्मेद्धार ज्ञान वहादुर गुरुङ्ग,नेपाली कंग्रेस पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष उम्मेद्धार भक्त वहादुर गुरुङ्ग,सदस्यहरु श्याम प्रकाश राई,सन्तेष मानन्धर,महिला सदस्य कल्पना दवाडी र दलित सदस्य राजकुमारी विक लगायतको सहभागीतामा भएको घरदैलो कार्यक्रमको अवसरमा नेकपा एमाले परित्याग गरी दुई जना कंग्रेसमा प्रवेश गरेकाछन् ।

कांग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा एमाले नगर कार्य समिति ४ नं वडा सचिव चक्र गुरुङ्ग र यति युथ क्लवका अध्यक्ष सुमन सिंह गुरुङ्ग रहेका नेपिाली कंग्रेस ४ नं वडा सदस्य उम्मेद्धार श्याम प्रकाश राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।