एमाले धनकुटाको घरदैलो कार्यक्रम हिलेमा, कांग्रेस परित्याग गरी ठकुरी एमालेमा प्रवेश

धनकुटा खबर, असार १० । नेकपा एमालेले आज धनकुटा नगरपालिका वडा नं १ हिलेमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

पूर्व सांषद गोपाल गुरागाई,मेयर उम्मेद्धार चिन्तन तामाङ्ग,उपमेयर उम्मेद्धार सकुन्तला वस्नेत र वडाध्यक्ष उम्मेद्धार निरेन तामाङ्ग सहित अन्य उम्मेद्धारहरुको सहभागीतामा सञ्चालित घर दैलो अभियान अन्र्तगत कुवापानी, हिले वजार, थिङ्गटोल लगायतको स्थानमा नेताहरुले घर घरमा गई जनता समक्ष भोट मागेका छन् ।

घरदैलो अभियान माईक्रो स्टेनमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै पार्टीका नेताहरुले हिलेको विकासका लागि स्थानीय तहको निर्वाचनमा एमालेले जित्न आवश्यक रहेको वताउदै सूर्य चिन्हमा मत दिई निर्वाचनमा एमालेलाई विजयी गराउन आग्रह गरेका छन् ।

सभामा नेपाली कांग्रेस परित्याग गरी चोक वहादुर ठकुरी नेकपा एमालेमा प्रवेश गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।