धनकुटाबाट एमाले प्रतिनिधित्व गर्ने सांसद महिन सुब्बाको निधन
धनकुटा खबर, असार १० । नेकपा एमाले सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ ।

धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ सुब्बाको निधन भएको एमाले जिल्ला सचिवालय सदस्य अर्जुन राईले जानकारी दिएका छन । समानुपातिकतर्फबाट सांसद भएकी ६० वर्षीया सुब्बा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । धनकुटाको साँगुरीगढी गाउँपालिका २ घर भएकी सुब्बा एमाले केन्द्रीय सदस्यसमेत हुन् ।


