चितवनको भरतपुरबाट देवी र रेणुको भाग्य मंगलबार हेलिकोप्टरमा उठेर काठमाडौं आउँदै !

चितवन, ११ असार । मतगणनाका क्रममा च्यातिएको चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मंगलबार सर्वोच्च अदालत आइपुग्ने भएको छ ।

भरतपुरमा आइतबार बसेको सरोकारवालासहितको सर्वदलीय बैठकले मंगलबार च्यातिएका मतपत्र सर्वोच्च पठाउने निर्णय गरेको हो । मतगणनाका क्रममा माओवादी कार्यकर्ताले ९० मतपत्र च्यातेका थिए । मतगणना सुचारु गराउन माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले च्यातिएका मतपत्र पठाउन भनेपछि सर्वदलीय बैठक बसेको हो ।

च्यातिएका मतपत्र शिलबन्दी गरी अदालतमा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल तथा प्रहरी प्रतिवेदनसमेत मतपत्रका साथ पठाइने उल्लेख गरे ।

उनका अनुसार मतपत्र र सम्बन्धित कागजात मंगलबार बिहान जहाजबाट काठमाण्डु पठाइने छ । भरतपुर १९ मा पुनः मतगणना गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट परेपछि सर्वोच्चले च्यातिएका मतपत्र झिकाउने आदेश दिएको हो । भरतपुरमा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु र एमालेबाट देवी ज्ञवाली प्रतिस्धर्पामा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।