‘केपी, माधव र झलनाथलाई म नेता मान्दिन, बुद्धि भएका राजा महेन्द्र मात्र हुन्’ : प्रदिप नेपाल
नेपालका अन्य राजनैतिक नेताहरु, सभामुख, युवा नेताहरु बारे खुलासा
एमाले पोलिटब्युरो सदस्य प्रदिप नेपाल राजनीति र लेखनमा स्पष्ट लेख्ने र बोल्ने नेता हुन् । कोही रिसाउला कि ! भनेर आफुलाई लागेको कुरा भन्न उनी पछि पर्दैनन् । उनललाई बिभिन्न तीन बिषय राखेर बिश्लेषण गर्न आग्रह गर्दा उनी तयार भए । उनले बालकुमार नेपालसंग गरेको बिभिन्न बिषयको बिश्लेषण ।

नेपालको राजनीतिका तीन पार्टीः कांग्रेस, एमाले र माओवादी
काग्रेस बचे खुचेका जमिन्दा र दलालपुजीपति हरुको सेवा गर्ने पार्टी हो। एमाले राष्ट्रिय पुजीको विकास गर्नुपर्छ भन्ने पार्टी हो। यसका लागि कृषि क्षेत्रमा जोड दिनुपर्छ भन्ने मान्यता हो। यसका लागि पर्यटनका क्षेत्रमा बढि लगानी गर्नुपर्छ भन्ने मान्यता राख्छ। माओवादी त कुनै पार्टी नै होइन। किन भने उसग न बिचार छ , न सिद्धान्त छ न ब्यबहार छ। उनीहरु सर्बाहारा वर्गको अधिनायकत्वको कुरा गर्छन। यो कुरा भनेको संसद र अदालतलाई पंंगु बनाउन गरिएको हो। यो खालको चेतले अवको समयमा केहि गर्न सकिदैन।
तीन बजेटः भरतमोहन अधिकारी, रामशरण महत र बिष्णु पौडेल
भरतमोहन अधिकारीको बजेट भनेको पहिलो ऐतिहासिक बजेट हो। तललाई दियो भने बिकास हुन्छ भन्ने उदहारणीय बजेट हो । त्यो बजेटले सामाजिक सूरक्षा भत्ता शुरु गरयो। हामीले भने जस्तो त्यो बृद्ध भत्ता होइन। बुढो भएर त्यो पैसा दिएको होइन। सामाजिक सुरक्षा अन्तरगत दिएको हो । त्यो औषधी पानीका रुपमा उपलब्ध गराएको हो। त्यसलाई क्रमशः बढाउदै जानुपर्छ भनेर उ बेला नै भनिएको हो। तात्कालिका आवश्यकतालाई ख्याल गरेर बजेट बिनियोजन भएको थियो। त्यो बजेटले सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्यायो।
रामशरण महतको बजेट अघि नै भने जस्तो नेपालमा केही गर्न सक्दैनन् भन्ने सोच राखेर दलाल पुजीपतिको पक्षमा ल्याइएको बजेट हो। हामी केहि गर्न सक्दैनौ , सबै बिदेशीलाई दिन्छौ, हामीले भनेको सबै काम बिदेशीले फटाफट गरिदिन्छन भन्ने सोच उनीहरुमा रह्यो। तर हामीले गाविसलाई दिएको बजेट र सामाजिक सुरक्षा भत्ता दिन उनीहरु बाध्य भएका हुन्। उनीहरुलाई भोटको राजनीतिको कारणले मात्र यो बाध्यता आईलागेको हो। उनीहरुको चेतना अहिले पनि त्यहाँं पुगेको छैन। रामशरण अहिले पनि वृद्ध भत्ता बढाउनु हुदैन भन्छन्। नेपालमा उद्योग धन्दा स्थापना गर्नुहुदैन भन्ने उनीहरुको सोच हो त्यहि भएर सबै बेचे। त्यसैेले त्यो पार्टी त अब कामै लाग्दैन। विष्णु पौडेलेका बजेट हिजो भरतमोहनले ल्याएको बजेटलाई अहिलेको आवश्यकतामा परिणत गरिएको हो
तीन संंसदः अन्तरिम, , संविधानसभा पहिलो, संविधानसभा दोस्रो
अन्तरिम संसदमा बिभिन्न ब्यबधानका बाबजुद कति काम गर्न सक्यो सकेनै त्यसको अहिले विबेचना गरेर काम छैन। पहिलो संविधान सभामा हाम्र साथीहरु धेरै गलेका थिए। त्यसैले त्यो संविधानसभाले कुनै कामै गर्न सकेन। यसकारण एउटा कुरा के पुष्टि हुन्छ भने हामी बलियो भए संसद पनि बलियो हुने रहेछ। हामी कम्जोर भए संसद पनि कम्जोर हुने रहेछ।
पहिलोमा हामी तेस्रो पार्टी थियौ त्यसले केहि कामै गर्न सकेन। पहिलो संविधानसभाको कार्यकाल बेकार गयो। दोस्रोमा हामी बलियो भयौ सारा प्रतिक्रान्तिकारीका विरोधका वावजुद पनि संविधान जारी गरयौ। सरकारी पक्षलाई नाकावन्दी उपहार थिया जुन बेला केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसलाई पनि हामीले सामना गर्यौ ।
तीन सभामुखः दमननाथ ढुंगाना, सुवास नेम्बाङ र ओनसरी घर्ती
दमननाथ ढुंगाना र सुवास नेम्बाङ खास सभामुख हुन्। यी दुईमा एक नम्बर चाहि सुवास हुन। ओनसरी घर्ती बिचरा कुनै सभमुख नै होइनन् ।
तीन राजनेताः मनमोहन अधिकारी , मदनभभण्डारी र गिरिजाप्रसाद कोइराला
गिरिजाप्रसाद कोइरालाको नामै फलिदिनुस । किन भने उनीसग मेरो मनमोहनसग भन्दा बढि संगत भएको छ। एनमा केहि पनि थिएन। प्रधानमन्त्री भए सकियो। मनमोहन हाम्रो पितृभ्यो नेता हो। उहाँ कुनै विचलन भएन। सगै जेल बसेको कांग्रेस गाडि चढेर हिड्दा उहाँं बसमा झुण्डिएर हिड्नु भयो। त्यसैले हामी उहाँलाई सम्मान गछौ। मदनभण्डारी जस्तो राजनेता यो सय बर्षमा पनि जन्मन्छ जस्तो मलाई लाग्दैन।
एमालेका तीन शिर्ष नेताः केपी ओली , माधव नेपाल र झलनाथ खनाल
म त उहाँंहरुलाई नेता नै मान्दिन । किन कि उहाँंहरु पनि म जस्तै हो। मैले उहाँंहरुले भन्दा बढि काम गरेको छु। उहाँंहरु पढनु हुन्न। नपढि को जान्ने हुन्छ। एकदुईवटा ब्ल्ग पढेर मात्र बिचार बनाउने भए उहाँंहरु कसैलाई त्यहि ब्लगको सम्पादक, समाचार सम्पादक, सहसम्पादक बनाई दिए हुन्छ । तपाईहरुले जे माक्र्सवाद बुझ्नु भएको छ त्यो सही होइन है भन्छु, बरु एकपटक प्रदिप गिरीसंग गएर सिक्नुस पनि भनेको छु।
प्रदिप नेपाल पछिका तीन नेताः शंकर पोखरेल, योगेश भट्टराई र भानुभक्त ढकाल
भानुभक्तले अरु लोभ नगरि संगठन संचालन गर्ने हो भने एक नम्बरमा उनी आँंउछन। अनि योगेशमा प्रचारमुखी क्षमता ठुलो छ। उनी प्रचार संयन्त्रसग जोडिए बसिरहे एमालेका प्रचार अभियान पहिला भन्दा माथि पुग्छ। शंकर पोखरेल अध्यान र चिन्तनशिल छन। यी तिन जना मान्छे एमालेका रामै मान्छे हुन। यी तीन मिले भने एउटा पार्टी बनाएर राख्छन। तर यीनीहरुको पनि ,एउटा समस्या भनेको गुटमा विश्वास गर्छन। जो मान्छे गुटमा बिभाजन हुन्छ त्यसको शो मर्छ । आफ्नो पन मर्छ।
तीन प्रधानमन्त्रीः शेरबहादुर देउवा, पुस्पकमल दाहाल र डा बाबुराम भट्टराई
शेरबहादुरले अव के डुवाउछन भनेर सोचे भो । पहिलो पल्ट प्रधानमन्त्री हुँंदा संसद डुवाए, लोकतन्त्र पनि डुवाए। प्रचण्डलाई म जादुगर भन्छु । यी केहि होइनन् चटके हुन। बाबुराम भट्टराई अक्षम तर राम्रो प्लानर हुन।
तीन साहित्यकारः नारायण ढकाल, खगेन्द्र संग्रोला र जगदीश घिमिरे
खगेन्द्र संग्रौलाको नाम काट्नुस । तर समग्रमा जगदीश घिमिरे र नारायाण ढकाला राम्रा सहित्यकार हुन।
तीन देशः अमेरिका , चीन र भारत
पहिला म दुई पटक चीन गएं। तर २००७मा जाँंदा त पुरै बदलिएर नचिन्ने भएछ। विश्वको उत्कृष्ठ भनेको बस्तु चीनमा पाईन्छ। चीनले आफ्नो देशमा आउने विदेशी कम्पनीको सेकेण्ड मेन चाहि चीनको अनिवार्य हुने व्यबस्था गर्यो। भारत अहिले पनि बेलायतको गुलाम हो। किन भने भारतमा बेलायतको दूतावास छैन। हाई कमिसन छन।
हिजो बेलायतले उपनिवेष बनाएका ठाउमा त्यस्तो कमिसन राख्छ। जब सम्म बेलायतले भारतमा दूतावास राख्दैन तव सम्म उ बेलायतको गुलाम रहिरहन्छ। अमेरिकालाई पहिला आप्रवासीहरुको देश भन्थे अहिले आएर फेरिएको छ। हाम्रोमा बस पल्टेर जति मान्छे मर्छन, अमेरिकामा गोली चलेर त्यो भन्दा बढि मान्छे मर्छन।
नेपालका तीन महिलाः शुसिला कार्की, विद्या भण्डारी र चित्र लेखा यादव
यसमा शुसिला कार्की नै अगाडि हुन । पाएको पदको जसले सन्तोषजनक तारिकाले सम्पादन गर्छ उसैको मुल्यांकन हुने हो। भण्डारी र यादव क्रमशः त्यसपछि आउछन।
नेपालका तीन राजाः महेन्द्र , बिरेन्द्र र ज्ञानेन्द्र
राजा त बिरेन्द्र नै हुन। तर बुद्धि भएका राजा भने महेन्द्र हुन। महेन्द्र चतुर राजा हुन। उनले आफ्नो बुद्धिले सबैलाई लट्याई दिए। ज्ञानेन्द्रले पार्टी खान खोजे सकेनन्। तर महेन्द्रले पार्टी खाई दिए। त्यसपछि उनले तराईमा लगेर पहाडेहरुलाई बसोबास गराएर सकारातक काम गरे । उनका धेरै गुण छन । उनको अवगुण भनेको तानाशाह हुनु हो । राजाको हकमा पृथ्वीनारायाण शाह पछि अर्को राजा भनेको महेन्द्र नै हुन्। ज्ञानेन्द्र केहि पनि होइनन् ।
मान्छेको जीवनका तीन बिषयः साहित्य, सेक्स र राजनीति
पहिलो साहित्य हो। दोस्रोमा राजनीति हो । – नेपाल पाटी अनलाईनबाट साभार


