जहाँ एकजना पनि भोट हाल्न आएनन…

सोलुखुम्बु । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ ।

बुधवार विहानैदेखि मतदाता पर्खेर बसेका मतदान अधिकृतसहितका कर्मचारी एकजना पनि भोट हाल्न नआएपछि अलमलमा परेका छन् । स्थानीय तहको पुर्नसंरचनालाई लिएर असन्तुष्टि जनाएका नेचा सल्यानवासीले उम्मेद्वारी पनि नदिने र मतदान पनि नगर्ने अडान लिएका थिए । स्थानीय मतदाता कोही पनि मतपत्र समेत लिन गएका छैनन ।

मतदान गराउन खटिनु भएका मतदान अधिकृत आनन्दराज पन्तले भने अहिलेसम्म कोही पनि भोट हाल्न नआउँदा आफुहरु अचम्मित भएको बताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖