धनकुटामा शान्त वातावरणमै निर्वाचन सम्पन्न, कहाँ-कति प्रतिशत मत खस्यो ?

धनकुटा खबर, असार १४ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत धनकुटा जिल्लाको प्राय: सवै मतदान केन्द्रहरुमा छिटफुट वाहेक शान्त वातावरणमा निर्वाचन सम्पन्न भएको छ ।

विहान ७ वजे देखी शूरु भएको मतदान प्रक्रिया अनुसार जिल्लाको सात स्थानीय तहका १ सय १७ मतदान स्थल र १ सय ४३ मतदान केन्द्रवाट करिव ७२ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।

जसअनुसार पाख्रीवास नगरपालिकामा कूल मतदाता संख्याको ५९.९ प्रतिशत र छथर गाउपालिकामा कूल मतदाता संख्या मध्ये ७१.४५ प्रतिशत मत खसेको छ । त्यस्तै खाल्साछिन्ताङ्ग गाउपालिकामा ४ हजार ३ सय २३ लजनाले मतदान गरेका छन् ।

अन्य गाउपालिका र नगरपालिकाको विवरण आउन वाँकी छ । यता धनकुटा नगरपालिकाको वडा नं १ मा ३१ सय १८ मतदाता मध्ये २३ सय ८ जनाले मतदान गरेको, ३ नं वडा १३ सय ४४ मतदाता संख्या मध्ये १ हजार ३४ मत खसेको, वडा नं ४ मा १४ सय ४७ मध्ये १ हजार ७४ मत खसेको, ५ नं मा १२ सय ७० मतदाता मध्ये १ हजार १९ मत खसेको, ६ नं वडा को २ हजार २ मतदाता मध्ये १५ सय ३ मत, ७ नं वडाको १९ सय २९ मतदाता मध्ये १४ सय ९२ जनाले मतदान गरेको ८ नं वडाको ११ सय ६८ मध्ये ९ सय १७ मत खसेको र वडा नं २ ९ र १० को विवरण आउन वाकी रहेको निर्वाचन कार्यलयले जनाएको छ । अहिले मतपेटीकाहरु गणना स्थल सम्म लाने क्रम जारी रहेको जनाईएको छ ।

यसैवीच, चौबिसे गाउँपालिका–६ राजारानीको जनशिक्षा सदन आधारभुत विद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु प्रहरीले पक्राउ गरेको छ । दिउँसो पौने २ बजेतिर अरुको नाममा मतदान गर्न खोज्ने क्रममा नाम नखुलेका २ जना यूवाहरुलाई पक्राउ गरिएको चौबिसे गाउँपालिकाका निवार्चन अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिनु भयो । पक्राउ पर्नेमा चौविसे गाउपालिका ६ का नरमाया लिम्बु र हाङ्ककङ्क लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ । निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ७ को उपदफा ३ अनुसार अरुको नाममा मतदान गर्नेलाई मतदान अधिकृतले रु १ देखि २५ हजार सम्म जरीवाना गर्न पाउने प्रावधान छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।