प्रधानमन्त्री देउवाको गृह जिल्ला कांग्रेसको पकडमा रहेन ! यस्तो आयो प्रारम्भीक परिणाम
डडेलधुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा माओवादी केन्द्रले शुरुवाती अग्रता लिएको छ।

त्यहाँको अजयमेरु गाउँपालिका अध्यक्षमा माओवादीका उमेशप्रसाद भट्टले अग्रता लिएका छन्। भट्टले ११७ र एमालेका धनबहादुर साउदले ९७ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार कमलसिंह भाटले ६४ मत प्राप्त गरेका छन्। कांग्रेसबाटै बागी उम्मेदवार उठेका लोकराज भट्टले ७३ मत ल्याएका छन्।
डडेल्धुरामा जम्मा ७ स्थानीय तह छन्। अन्य स्थानीय तहमा पनि मतगणना भइरहेको छ।


