एमालेको किल्ला भत्काउदै बझाङको काँडा गाउँपालिकामामा कांग्रेस विजयी

बझाङ जिल्लाको अति विकट गाउँपालिका काँडामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बिच कडा प्रतिस्पर्धा गर्दै कांग्रेसका अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धु्रव बहादुर भण्डारीले बताए ।

काँडा गाउँपालिकामा नेकपा एमालेको अध्यक्षका उम्मेदवारको ३ सय ३६ मत र नेपाली कांग्रेसका उम्मेदवारको ३ सय ९४ रहेको थियो ।यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारको ३ सय २६ मत रहेको थियो भने कांग्रेसका उम्मेदवारको ३ सय ९४ मत ल्याएर विजयी भएको जिल्ला प्रहरी कार्यालयका डियसपी नरेन्द्र चन्दले बताए ।

२ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा सबैभन्दा पहिले काँडा गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपनि जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा भने अशक्त नागरिकको मतदान गर्ने क्रममा विवाद हुँदा स्थगित गरिएको निर्वाचन शुक्रबार ७ बजेबाट शुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रमा मत गणना शुरु भएको र केही वडाहरुमा मत परिणाम समेत आइसकेको छ । सुर्मा गाउँपालिका वडा नम्बर १,काँडा २ र ३ मा नेपाली कांग्रेसको प्यानल, थली दुर्गा गाउँपालिका वडा नम्बर ६, मष्टा गाउँपालिका ६ र थलारा गाउँपालिकामा १ मा नेकपा माओवादी केन्द्र को प्यानल नै विजयी भएको छ ।

यसैगरी चिर बित्थड गाउँपालिका २,मष्टा गाउँपालिका १ र ७, थलारा गाउँपालिका ९ मा नेकपा एमालेले जीत हासिल गरेको छ । जिल्लाभरी अन्य वडाहरुमा मतगणना शुरु भएको छ भने बझाङ जिल्लामा ९७ हजार ६ सय ११ मतदाता रहेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।