नेपालमा अब भिसा आवेदन मोबाइल एपबाटै

काठमाण्डौं, १९ असार । अध्यागमन विभागले सोमबारबाट भिसाका लागि मोबाइलबाटै आवेदन दिने गरी मोबाइल एप सार्वजनिक भएको छ । सोमबार ‘नेपाल इमिग्रेशन’ नामको एप सार्वजनिक गरिएको हो ।

एपमा अध्यागमनसँग सम्वन्धित सबै जानकारी राखिएको विभागले जनाएको छ । विभागका अनुसार सेवाग्राहीले इमिग्रेसन एपकै प्रयोग गरेर अनलाइनमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतिका लागि दरखास्त दिन सक्नेछन् ।

त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ ओटा विदेशस्थित नेपाली नियोगको ठेगाना एपमा राखिएको छ । विभागले अनलाइनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने ब्यवस्था मिलाएको छ । गृहमन्त्री जनर्दन शर्माले ‘नेपाल इमिग्रेशन’ एप एउटा साधन भएको उल्लेख गर्दै त्यसलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।