‘१४ वर्षमा किशोरीहरु तरुनी भइसक्छन्’ : ऋषी धमला (भिडियो सहित)
केही समयअघि चर्चित डान्सर तथा भारतीय रियालीटि सो ‘झलक दीक्लाजा’की विजेता तेरिया मगरको विषयलाई लिएर धमालालाई पत्रकारहरुले र्याखर्याखती पारे । कार्यक्रम धमालाको हमलामा पुगेकी तेरियालाई धमलाले युवती भनेर सम्बोधन गरेका थिए । १४ वर्षकी किशोरीलाई युवती भनेर सम्बोधन गरिदिँदा धमालाका बारेमा धेरैले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेका थिए । यद्यपी धमलालाई भने यस्ता कुराहरुले खासै फरक पार्दैन । आफू सकारात्मक हुँदै विरोधीलाई पनि सधैं सम्मान र माया गर्ने उनको भनाई छ । तेरियाजस्ती किशोरीलाई किन युवती भनियो भन्ने प्रश्नमा उनले आक्रमक जवाफ दिए । ‘१४ वर्ष पुगिसकेपछि सबै किशोरीहरु जवान हुन्छन् ।’ – नेपालआजको यो भिडियो हेर्नुहोस्


