माओवादी केन्द्रकै युवा नेता भन्छन,- चुनाव जित्न एमालेको जस्तो नारा चाहिन्छ… (भिडियो सहित)

काठमाण्डौ, २० असार । नेकपा माओवादीका युवा नेताले स्थानिय तहमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेर भएको क्षतिको जिम्मा केन्द्रिय नेताहरुले लिनुपर्ने बताएका छन् । केन्द्रिय नेताहरुको रवैयाका कारण नेकपा माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको सो पार्टीका युवा नेताको आरोप छ । नेकपा माओवादी केन्द्र समर्थित अखिल नेपाल लेखक संघका केन्द्रिय सदस्य प्रथाले लाइट नेपालको लाइट सम्बादमा कुरा गर्दै सो कुरा बताएका हुन् । स्थानिय तहको निर्वाचनमा अहिले आएको परिणाम पनि स्थानिय कार्यकर्ता खटेर मात्र आएको उनको विष्लेषण छ ।

शसस्त्रद्धन्द्धको समाप्ती पछि शहर पसेका केन्द्रिय नेताहरु गाउं फर्केर नआएका कारण निर्वाचनमा हार खानुपरेको उनको बताए । “एकाएक शहर पसेका केन्द्रिय र पोलिट्ब्युरो तहका नेताहरुले न शहरको मनोविज्ञान विष्लेषण गर्न सके न गाउंमा आफ्नो सम्बन्ध नै स्थापित गर्न सके त्यसैको परिणाम अहिले निर्वाचनको परिणाममा देखियो” उनले भने । उनले केन्द्रिय नेतामा एक अर्काको खुट्टा तान्ने प्रवृत्ती रहेको भन्दै त्यसको विरोध समेत गरेका छन् । त्यसवाहेक केही बाह्रय शक्तिका कारण पनि माओवादीले निर्वाचनमा पराजय भोग्नुपरेको उनको तर्क छ ।

उनले माओवादीले राष्ट्रिय मुद्या स्थापित गरे पनि निर्वाचन जित्ने रणनीति लिन नसकेको टिप्पणी गरेका छन् । जनताका जनजिविकासंग प्रत्यक्ष सरोकार राख्ने कुरालाई निर्वाचनको एजेण्डा बनाउनुपर्ने उनको सुझाव छ । “पार्टीको सैद्धान्तिक वहसमा नागरीकको कुनै सरोकार हुदैन । नागरीकको दैनिक जीवनमा सरोकार राख्ने मुद्या उठाउनुपर्छ ” उनले भने । नेकपा एमालेले सोही रणनीति लिएका कारण स्थानिय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन सफल भएको उनको तर्क छ । “एमालेले वृद्ध भत्ताको विषयलाई निर्वाचनको भर्यागं बनायो । तर माओवादीले त्यस्तो प्राविधिक कुरा बुझ्न सकेन ” युवा नेता प्रथाले भने ।

उनले अब हुने प्रदेशको निर्वाचनको तयारीका लागि केन्द्रिय तहका नेतालाई आम कार्यकर्ता पंक्ति संग सम्बन्ध स्थापीत गर्न सुझाव दिएका छन् । “जनताको दिनानुदिनको समस्या के छन् जनताले बुझ्ने भाषामा मुद्या उठाउनु पर्छ ।” उनले भने । एमालेले जस्तो आम नागरीकको सेन्टिमेन्टलाई क्याच गर्ने कुरा माओवादीले पनि ल्याउनु पर्छ उनको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।