१० वर्षीया बालिकाको सात किलोको ट्युमर ३ घन्टाको समय लगाएर झिकियो

काठमाडौँ, २१ असार । प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ ।

तीन घन्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले मङ्गलबार शीलाको शल्यक्रिया गरेको हो । पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ ।

सर्जन चौधरीका अनुसार अहिले बिरामीका अवस्था खतरामुक्त भए पनि विशेष हेरचाहको आवश्यकता रहेको बताउनुभयो ।

“पेटमा हुने ट्युमरमध्येको यस्तो खालको ट्युमर १०० जनामा दुई जनामा मात्र हुन्छ, २५ किलो तौल भएकी उनको पेटमा सात किलोको ट्युमर थियो, सो शल्यक्रिया जोखिमपूर्ण र जटिल थियो, अहिले उक्त मासुको जाँच गर्न पठाइएको छ, क्यान्सरको पनि जोखिम भएकाले मासुको रिपोर्टमा बाँकी उपचार निर्भर रहेको छ ।”

चिकित्सकका अनुसार आठ महिनाकै उमेरमा शीलाको शल्यक्रिया गर्न सकिन्थ्यो तर मासु बढेर ठूलो हँुदै जाँदा अन्य रोगको जोखिम बढ्ने, शल्यक्रिया पनि जोखिमपूर्ण रहेको थियो । हरेक वर्ष कान्तिबाल अस्पतालमा करिब ३० बालबालिकाको ट्युमरको शल्यक्रिया हुने भए पनि आफ्नो चिकित्सकीय अनुभवमा १० वर्षको बच्चाको सात किलोको ट्युमरको शल्यक्रिया पहिलो पटक गरेको डा चौधरीले अनुभव सुनाउनुभयो ।

गर्भावस्थादेखि नै नियमित जाँच गराउने र कुनै समस्या देखिएमा तुरुन्तै उपचार गराउन सकेमा भविष्यमा ठूलो जोखिम नहुने डा चौधरीको भनाइ छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।