आफ्नै ठूलोबुवाका छोरा (दाई)ले साउदीमा बेचेपछि उद्धारको लागि गुहार (भिडियो सहित)

साउदी । कंचनपुर पुनर्बास नगरपालिका ६ का ज्ञानेन्द्र बहादुर राउत लाई आफ्नै दाजुले साउदीमा लगेर अलपत्र परेछी उद्धार गरी नेपाल फ़र्काइदिनहुन गुहार गरेका छन्। आफ्नै ठूलोबुवाका छोरा देबेन्द्र राउतले बर्गर किङ्ग कम्पनीमा दैनिक ८ घण्टा काम को करार गरी साउदी पठाएपनि काम अरु नै ठाउमा गर्नुपर्ने दैनिक १५-१६ घण्टा काम गर्नुपर्ने र खाना र बस्नको पनि व्यवस्था नभएको एक भिडियो सार्बजनिक गर्दै बचाउको अपिल गरेका छन्।खाना, बस्न , सुत्ने कुनै पनि व्यवस्था नभएको र फ्री भिसा हुन पनि आफुले लाखौ तिरेकोले आफ्नै दाजुले आफुलाई दलाली गरेर बेचेको आरोप लगाउदै साउदी पुगेपछि मात्रै आफुहरु दलालहरुको चुन्गलमा फसेको थाहा भएको बताएका छन्। आफु निकै बिरामी भएको र काम गर्न सक्ने अवस्था नभएकोले सकेसम्म चाडो आफ्नो उद्धार गरी नेपालमा आफ्ना परिवारसम्म पुर्याईदिनहुन अनुरोध गरेका छन्। भिडियो हेर्नुसः



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖