राजसंस्थाको अभाव भयो अब देश जोगाउन राष्ट्रवादी मोर्चाको नेतृत्व पूर्वराजाले गर्नु पर्छ : सिपि मैनाली (भिडियो सहित)
पृथ्वीनारायण शाहको पालादेखि नेपाललाई पश्चिमा साम्राज्यवादी युरोपेली -अमेरिकी गठबन्धन र भारतीय विस्तारवादले साह्रै खेदो खन्दै आएको छ तर यी शक्तिलाई नेपाल एकीकरणकर्ता राजा पृथ्वीनारायण शाह हुदै राजा महेन्द्र र राजा वीरेन्द्रले धेरै खेल्ने मौका दिएनन र देशलाई स्थिर राख्न ठुलो योगदान दिएका छन् तर पछिल्लो कालखण्डमा यी बिदेशी शक्तिहरुको प्रभाव यति बढेको छ कि यिनीहरुको अघि नेपालको शिर्ष राजनैतिक नेतृत्व नतमस्तक रहेको देखिन्छ ।
यसरी हेर्दा तत्कालिन राजतन्त्रले देशको गरिमा र स्वाभिमानलाई जोगाएको अकाट्य सत्यलाई स्वीकार गर्नै पर्छ भन्दै नेकपा मालेका महासचिब एवम् पुर्वउपप्रधानमन्त्री सिपि मैनालीले देशमा राजतन्त्र अभाव खड्किएको बताउदै देशलाई जोगाउन र बैदेशिक शक्तिको विरुद्ध एक वृहत राष्ट्रबादी मोर्चाको आबश्यकता रहेको बताउदै पुर्वराजा ज्ञानेन्द्रको बिभिन्न समयमा दिएका अभिव्यक्ति स्वभाविक भएको बताए । महासचिब मैनालीले माउन्टेन टिभीमा पत्रकार सुनिल दाहालले पुर्वराजाले हिजो आफ्नु जन्मदिनको दिन भनेको एक भनाइ बारे मैनालीको धारणा के छ भनेर बुझ्दा उक्त कुरा बताएका हुन् ।
मैनालीले सिधै नभने पनि उक्त राष्ट्रवादी मोर्चाको नेतृत्व पुर्वराजा ज्ञानेन्द्रले गर्नु पर्ने इंगित गरेका छन् ।
अन्तर्वार्ताको क्रममा मैनालीले एमालेले राष्ट्रवादलाई एकलौटी बनाएको भन्दै आक्रोशित हुदै नाकाबन्दीको समयमा एमाले सरकारमा रहेका सबै दलहरुको सहयोगले ओली सरकारको स्वाभिमान उच्च भएको हुदा त्यो बेलाको जस सबै दलले पाउनु पर्नेमा मैनालीले जोड दिए ।
एमाले अधक्ष्य केपी ओलीलाई नाकाबन्दीको सामना गरेकोले मात्रै राष्ट्रवादी बनाएको हो तर एमालेको विगत धेरै राष्ट्रघाती भएको उलेख गर्दै राष्ट्रघाती महाकाली सन्धि पास हुनमा कांग्रेस भन्दा एमाले जिम्मेवार रहेको गम्भीर आरोप लगाए ।
महाकालीबाट देशको कायापलट हुन्छ खरबौको फाइदा हुन्छ भनेर राष्ट्रलाई गुमराहमा राखेर महाकाली भारतलाई सुम्पेको भन्दै यसबारे एमाले नेतृत्व प्रष्ट दोषी रहेको बताए ।
साथै चुनाव सार्ने काम सिधै भारतको इसारामा भएको हो प्रचण्ड-देउवाको सरकारले गरेको होइन भन्दै तिन ठुला दलले थ्रेसहोल्ड लगाएर निरंकुश बनिन खोजेको आरोप पनि लगाए ।
हेर्नुस सिपि मैनालीसंगको खरो अन्तर्वार्ताको भिडियो ।


