उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेपछि देश छोडेर भाग्ने घटे

सोल, २८ असार । उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेको समाचार छ । सो कडाइका कारण पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घट्दो रहेको देखिएको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेको पाइएको छ । उत्तर कोरियाबाट भागेर चीन तथा दक्षिण कोरियातर्फ जानेको सङ्ख्या पहिलो छ महिनामा निकै घटेको पाइएको समाचारमा जनाइएको छ ।

डिएमजेट यी दुई देशतर्फ उत्तर कोरियाबाट नागरिक भाग्नका लागि प्रयोग हुने एउटा सीमा क्षेत्र हो । यहाँबाट उत्तर कोरियालीहरु दक्षिण कोरिया र चीनतर्फ पनि बर्षेनी भाग्ने गर्दछन् । यसरी भागेर जानेहरु दक्षिण कोरिया भएर तेस्रो मुलुकमा जाने गर्दछन् । यो सङ्ख्या पछिल्लो छ महिनामा घट्दो रुपमा रहेको देखिएको छ ।

यस बर्षको सुरुको छ महिना अथवा यस बर्षको सुरुवातदेखि जुन महिनासम्मको अवधिमा यसरी नागरिक भागेर दक्षिणतर्फ आउनेको सङ्ख्या ५९३ मात्र रहेको छ । यो सङ्ख्या गतवर्षको यसै अवधिको तुलनामा २०.८ प्रतिशतले कमी हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले दिएको तथ्याङ्कमा यस्तो देखिएको छ ।

यसरी भाग्नेहरुमा बढीजसो महिला हुने गरेका छन् । उत्तर कोरिया छोडेर भाग्नेमा करिब ८५ प्रतिशत नै महिला हुने गर्दछन् । पुरुषहरु भने कलकारखानाको काममा धेरै व्यस्त हुने भएकोले भाग्ने अवसर निकै कममात्र पाउने गर्दछन् ।

उत्तर कोरियाले पहिलेको तुलनामा यस बर्ष सीमामा कडाई गरेको पाइएको समाचार यसअघि पनि आएको थियो । तर यो मन्त्रालयको तथ्याङ्कले यसको पुष्टि गरेको सोलबाट विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यसबर्ष उत्तरले पटक पटक आणविक परीक्षणको काम गर्ने गरेको छ । उसको यस कार्यको विश्वव्यापी रुपमा विरोध र ब्यापक मात्रामा चर्चा पनि हुने गरेको छ ।

उसको यो क्षेप्यास्त्र परीक्षणको राजनीतिसँगै उसको तारो बन्ने गरेको दक्षिण कोरियातर्फ आफ्ना नागरिक भाग्न नसकुन् भनेर यो सीमामा कडाइको रणनीति लिएको हुनसक्ने अनुमान गरिएको छ । आजसम्ममा उत्तर कोरियाबाट भागेर ३० हजार भन्दा बढी नागरिक दक्षिणतर्फ पुगेका छन् । उनीहरुमध्ये अधिकांश त्यहीँ नै आफ्ना परिवारसँग बसिरहेको पाइएको छ ।

त्यस्तै कतिपय मानिसहरु दक्षिणमा पनि नबसेर आफ्नो स्वतन्त्रताको खोजीमा हिँड्ने गरेको पाइएको छ । सोही कार्यका लागि उत्तर कोरियालीले देश छोड्ने गरेका पाइएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।