जानिराखौं, शरिरमा सेतो दाग (दुबी) आउने कारण र हटाउने उपाय

यो रोग लागेका धेरैजसो व्यक्तिको मुख, गर्धन पछाडि, नाडी र खुट्टामा हुने गर्दछ । आज हामी यस्ता सेतो दागको कारण र यसलाई निको पार्ने उपायबारे जानकारी दिँदै छौं ।

३० प्रतिशत मानिसहरुमा सेतो दागको कारण वंशानुगत हुन्छ ।

केही मानिसहरुलाई भने सूर्यको यूभी किरणले पनि यस्तो दाग देखिने गर्दछ ।

पेटमा समस्या र किरा हुँदा पनि छालामा सेतो दाग देखिने गर्दछ ।

कलेजोमा समस्याका कारण पनि सेतो दाग देखिने गर्दछ ।

पसिना आउँदा सिस्टममा समस्या हुँदा पनि सेतो दाग देखिने गर्दछ ।

मधुमेह, हाइपोथाइराइडजस्ता रोगका कारण पनि छालामा सेतो दाग देखिने गर्दछ ।

गलत खानाको सम्मिश्रणले पनि यस्तो समस्या निम्तिन सक्छ ।

सेतो दाग निको पार्ने उपाय :

रातो माटो :
एक चम्चा अदुवाको रसमा दुई चम्चा रातो माटो मिसाएर दाग देखिएको भागमा दुई मिनेटसम्म मसाज गर्नुहोस् ।

तामाको भाँडाको पानी :
तामाको भाँडाको पानी पिउँदा शरिरमा आइरनको कमी हुँदैन, यसले सेतो दागबाट पनि राहत प्रदान गर्दछ । खरबुजाको बियाँ, अदुवा र बदामलगायत खाँदा पनि शरिरमा आइरनको कमी हुँदैन ।

घामको किरणबाट बच्नुहोस् :
बाहिर निस्कनुभन्दा पहिले एक राम्रो एसपीएफ क्रिम लगाउन नबिर्सिनुहोस् । यो क्रिमले तपार्ईंलाई घामको किरणबाट जोगाउँछ । साथै सेतो दाग बढ्न पनि रोक्छ ।

नीमको पात :
नीमको पातबाट दुईदेखि तीन चम्चा रस निकाल्नुहोस् । यसलाई महमा मिसाउनुहोस् र दिनमा तीनपटक पिउनुहोस् ।

तुलसीको पात र कागतीको रस :
तुलसीलाई दैनिक छालामा लगाउँदा मेलानिनको उत्पादन बढ्ने गर्दछ र सेतो दाग हट्छ । दुई चम्चा तुलसी र एक चम्चा कागतीको रसलाई दागमा लगाउनुहोस् ।

ओखरको पाउडर :
ओखरको पाउडरमा थोरै पानी मिसाउनुहोस् । यसलाई दागमा दिनमा दुई पटक लगाउनुहोस् ।

चन्दन र बदामको तेल :
दुई चम्चा चन्दनको पाउडरमा एक चम्चा बदामको तेल र आधा चम्चा बेसारको पाउडर मिसाएर दागमा लगाउनुहोस् । यस्तो दिनमा दुई पटक गर्नुहोस् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।