यी हुन सामाखुसीको नालीमा डुबेकी सत्या, यस्तो छ उनको सपना ! (भिडियो सहित)

काठमाडौं । राजधानीको सामाखुसी चोकमा पानीले भरिएको सडकको नालीमा एक बालिका झुक्किएर डुबिन् । डुबेको केही समयमै उनी नालीमा बग्दै केही तलसम्म पुगिन्। उनको सकुशल उद्दार भयो । संयोगले यो दृश्य भिडियोमा कैद भयो। सुशीला मगरले भिडियो कैद गरेकी हुन् । उनले त्यो भिडियो फेसबुकमा अपलोड गरेपछि सामाजिक संजाल र मिडियाहरुमा भिडियो भाइरल बन्यो । भिडियो भाइरल बनेसँगै ती बालिका को हुन् भन्ने विषयमा अत्याधिक चासो बढ्यो ।

त्यसरी सडक छेउको नालीमा झुक्किएर दुर्घटनामा पर्ने बालिका हुन्– गुल्मी घर भएकी सामाखुसीबस्ने सत्या सापकोटा । ९ कक्षामा अध्ययनरत बालिका सत्या अहिले सकुशल छिन् ।

शनिबार बिहान उनी दुर्घटनाको मानसिक तनावबाट मुक्त हुनको लागि चन्द्रागिरी गइन् । त्यहाँबाट फर्किएपछि उनी अहिले घरमै फ्रेस छिन् । उनी अहिले सामान्य अवस्थामा फर्किंदै गरेको र आइतबारदेखि स्कुल जाने तयारीमा छिन् । ठूलो दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी बालिका सत्याको सपना छ – भविष्यमा कुशल पत्रकार बन्ने ।

दुर्घटनाको भोलिपल्ट शनिबार उनलाई भेट्न उनी भाडामा बस्ने घरमा पुगेको डिसीनेपालको टोलीसँग उनले आफ्नो अनुभव सुनाउँदै ठट्यौली पारामा भनिन् ‘अब त मलाई हाइड्रोफोबिया (पानीसँग डर लाग्ने रोग) होला जस्तो छ ।’

सत्याले आफू भाग्यवश बाँच्न सफल भए पनि सबैलाई भाग्यले साथ नदिने भन्दै सडकको दुरावस्था सुधार गर्न सुझाव दिएकी छिन् । उनले नेपालमा आलोपालो प्रधानमन्त्री हुने प्रणालीप्रति पनि गुनासो गरिन् । प्रस्तुत छ सत्यासँगको डिसी नेपाल संवाद शो ।

https://youtu.be/Vh4py8MBL9k



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।