प्रत्येक पुरुषले थाहा पाउनै पर्ने महिलाका यी १० समस्या !

महिलासँग जोडिएका यस्ता विभिन्न स्वास्थ्य समस्या छन् जुन बिस्तारै कुनै ठूलो रोगको रुपमा विकसित हुनसक्छ । थुप्रै पटक व्यस्त जीवनशैलीका कारण महिला आफ्नो स्वास्थ्यमा त्यति ध्यान दिन पाउँदैनन् । त्यसकारण यसबारे पुरुषलाई पनि थाहा हुन अत्यावश्यक छ । भारतकी स्त्री रोग विशेषज्ञ डा. निरजा पौराणिकले महिलाको स्वास्थ्य सम्बन्धि यस्ता १० समस्याबारे बताउँदैछिन् जसबारे प्रत्येक पुरुषलाई थाहा हुनुपर्छ ।

स्तनमा परिवर्तनः
स्तनमा कुनै प्रकारको परिवर्तन जस्तै चिलाउने, सुन्निने वा गाँठो देखिएको छ भने यसमा विशेष ध्यान दिनुहोस् । यस्तो समस्या देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

स्तन क्यान्सरः
यदि स्तन सुन्निएको छ, दुख्छ, गाँठो छ वा आकार परिवर्तन भइरहेको छ भने यो स्तन क्यान्सरको संकेत हुनसक्छ । यसलाई नजरअन्दाज नगर्नुहोस् र सहि समयमा उपचार गराउनुहोस् ।

योनीश्रावः
योनीश्राव दुई वा तीन प्रकारको हुनसक्छ । यदि यसको कुनै रंग छैन भने यो स्वस्थ छ । यदि यसको रंग हरियो वा पहेंलो छ भने समस्या गम्भीर हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

पेल्भिक एरियाः
महिलाको पेल्भिक एरियाको मांसपेशी स्वस्थ छ भने स्ट्रेस, ब्याकपेन र पिसाबसम्बन्धि समस्याको खतरा रोकिन सक्छ । यो मांसपेशीलाई बलियो बनाउनका लागि विज्ञको सल्लाहअनुसार किगल व्यायाम गर्नसक्नुहुन्छ ।

तनावले तौल बढाउँछः
पुरुषको तुलनामा महिला धेरै तनाव लिने गर्दछन् । तर स्ट्रेसले शरिरको मेटाबोलिजममा निकै नराम्रो असर पुर्याउने गर्दछ । यस्तोमा पर्याप्त क्यालोरी बर्न हुन पाउँदैन र तौल पनि बढ्न थाल्छ ।

स्ट्रेच मार्कः
महिलाको स्ट्रेच मार्क कहिलेकाँही पूरा रुपमा ठिक हुँदैन तर यसलाई हल्का गर्न सकिन्छ । आलुको रस, अण्डा वा जैतुनको तेलले मसाज गर्दा निकै फाइदा हुन्छ ।

कमजोर हड्डीः
महिलामा महिनावारीको क्रममा हुने रगतको कमीका कारण हड्डी कमजोर हुनथाल्छ । यसबाट बच्नका लागि खानामा दुध, पनिर, चिजजस्ता क्याल्सियमयुक्त खानेकुरा समावेश गर्नुहोस् ।

कपाल झर्नेः
महिलामा हर्मोनको परिवर्तनका कारण दैनिक सयदेखि १ सय २० वटा सम्म कपाल झर्ने गर्दछ । योभन्दा धेरै कपाल झर्यो भने स्वस्थ खाना र उपचारको सहयोग लिनुहोस् ।

रक्तअल्पत्ताः
महिलालाई धेरैजसो रगतको कमी हुन्छ । विशेषगरी महिनावारीका क्रममा स्वस्थ डाइट नखाँदा रक्तअल्पत्ताको समस्या बढ्ने गर्दछ ।

महिनावारीको दुखाई:
महिनावारीको क्रममा महिलालाई निकै पीडा हुन्छ । यसलाई कम गर्नका लागि खानामा हरियो सागसब्जी, अदुवाको चिया, चकलेट र केराजस्ता खानेकुरा समावेश गर्नुहोस् । एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।