निर्माता सुनिलको यस्तो लाजमर्दो हर्कत लिएर सायद २ की नायिका आइन मिडियामा, लगाईन यस्तो आरोप – हेर्नुहोस् भिडियो

फिल्म सायद २ की नायिका स्यारोन श्रेष्ठले निर्माता सुनिल रावललाई विभिन्न आरोपहरु लगाएकी छिन् । सुटिङ सेटमा जिस्काउने देखि आफ्नो गर्ल फ्रेन्ड बन्न दबाब दिएको भन्ने समेतको आरोप नायिका श्रेष्ठको छ । बिहिबार चलचित्र संघको कार्यालय विशालनगरमा प्रेससँग कुरा गर्दै स्यारोनले निर्माता रावलप्रति आरोप लगाएकी हुन् ।

निर्माता रावलको गलत व्यावहारका कारण आफुले सुटिङको सेट समेत छाड्न लागेको नायिका श्रेष्ठले बताएकी छिन् । ‘मेरो गर्ल फ्रेन्ड बन् इयर होस्टेस बनाइदिन्छु समेत भन्नु भयो’, स्यारोनले भनेकी छिन्, ‘पछि सरी भन्दै जोक गरेको भन्नु भयो ।’ फिल्म नचलेपछि आफुलाई एक करोडमा मस्ती गरेको भनेर आरोप लगाउनु गलत भएको स्यारोनको भनाई छ । निर्माता रावलले सायद २ नचल्नुमा नयाँ कलाकार कारक रहेको आक्रोश पोख्दै आगामी फिल्ममा नयाँ कलाकारलाई आफुले नलिने बताएका थिए । स्यारोनले भने निर्माता रावलले आफुसँग माफी माग्नु गर्ने अडान लिएकी छिन् । भिडियो पनि हेर्नुस् :

https://youtu.be/l5equ-1l0xM



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।