२ नं प्रदेश मा कांग्रेसले १०० सिट जिते एमालेले १०१ सित जित्छ : शंकर पोखरेल

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदेश नम्वर २ बाट कांग्रेसले १०० सिट जित्ने दावी गरिरहेका बेला अर्काे सत्तासाभेदार दल नेकपा माओवादी केन्द्रले ४० सिट जित्ने दावी गरेको छ । त्यसैगरी प्रमुख प्रतिपक्ष दल एमालेले ५३ प्रतिसत अर्थात ६८ सिट जितेर पहिलो हुने दावी गरिरहेका बेला मधेस केन्द्रीत दलहरुले पनि पहिलो हुने दावी गरिरहेका छन् ।

दलहरुले दावी गरेजस्तै परिणाम ल्याउन प्रदेश नम्वर २ मा २८६ स्थानीय तहको आवश्यक पर्छ । तर प्रदेश नम्वर २ मा १२७ स्थानीय तह मात्र छन् । नेपाली कांग्रेसले राजधानीमा आयोजिना गरेको प्रदेश नम्वर २ को भेलामा नेता निधिले १०० सिट जित्ने दावी पेश गरे । उनको दावीलाई नेपाली कांग्रेसभित्रकै मधेसी नेताहरु स्वीकार गर्न सक्दैनन् । मधेसमा एमाले वा नेपाली कांग्रेस मध्ये एउटा दल झिनो अन्तरबाट पहिलो हुने दावी नेपाली कांग्रेसकै मधेसी नेताहरुको रहेको छ ।

पहिलो र दोस्रो निर्वाचनमा पहिलो भएको एमालेले प्रदेश नम्वर २ मा पनि पहिलो हुने दावी गरेको छ । ‘विमलेन्द्र निधिजीको तर्क अपत्यारिलो मात्र हैन हास्यास्पद छ’, एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले भने ‘देशभर ८५ स्थान जित्न नसक्ने माओवादी केन्द्रले प्रदेश नम्वर २ मा ४० सिट जित्छौ भन्नु र कांग्रेसले १२७ मा १०० सिट जित्छौ भन्नु उस्ता उस्तै हो ।’

पोखरेलले निधि र माओवादी केन्द्रप्रति ब्यडगे गर्दै भने ‘कांग्रेसले १०० सिट जिते हामी १०१ सिट जित्छौ, मधेस केन्द्रीत दलहरु त अझै प्रदेश नम्वर २ सवै हाम्रो हो भनेर दावी गरिरहनु भएको छ, चुनावपछि नतिजा हेरौला एमाले पहिलो हुन्छ ।’

एमालेले प्रदेश नम्वर २ को निर्वाचनलाई लक्षित गरी हाइकमाण्ड चुनावी परिचालन गरिसकेको छ । एमाले नेताहरु गाउँ पसिसकेका छन् भने कांग्रेस र माओवादी केन्द्र राजधानीमा बैठक गरिरहेका छन् । – एस काठमाडौंबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।