एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षहरुलाई मोटरसाइकल किन्न २२ लाख ५० हजार विनियोजन

चौकुने गाउँपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाँड्ने भएको छ । मोटरसाइकल खरिद गर्न २२ लाख ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको छ ।

गाउँपालिकाले केन्द्रबाट ३० करोड ९५ लाख बजेट पाएको छ । आन्तरिक स्रोतबाट १० लाख जुटाउने योजना बनाएको गाउँपालिकाले मोटरसाइकल खरिदका लागि २२ लाख छुट्याएको छ ।

गाउँपालिका कार्यालयमा मोटरसाइकल खरिद गर्न १० लाख र वडा कार्यालयमा मोटरसाइकल खरिद गर्न १२ लाख ५० हजार रकम छुट्याइएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले सहजताका लागि मोटरसाइकल खरिद गर्न लागिएको बताए ।

एम्बुलेन्स समेत नभएको गाउँपालिकामा वडाध्यक्षलाई मोटरसाइकल किन्ने निर्णय भएको भन्दै स्थानीयले भने बिरोध जनाएका छन् ।

स्थानीय किरण विसीले विरामी हुँदा समयमै उपचार नपाएर मृत्यु हुनुपर्ने बाध्यता रहेको गाउँपालिकामा एम्बुलेन्स खरिद नगरी मोटरसाइकल खरिदका लागि मात्रै २२ लाख ५० हजार रकम छुट्याइएको भन्दै यस्तो निर्णय सच्याउनु पर्ने माग गरेको बताए ।

तर, गाउँपालिका अध्यक्ष शाहीले भने एम्बुलेन्स नहुनुसँग मोटरसाइकल खरिदको सम्बन्ध नभएको तर्क गरे । ‘सार्वजनिक यातायातबाट काम गर्न सम्भव छैन,’ उनले भने, ‘कर्मचारीलाई एम्बुलेन्सले काम गर्दैन, त्यसैले मोटरसाइकल किन्न लागिएको हो ।’

१० वटा वडा मध्ये सवारी साधान नभएका वडाले मोटरसाइकल किन्ने उनले बताए । साथै गाउँपालिका कार्यालयका लागि पनि मोटरसाइकल खरिद गर्ने निर्णय भएको छ ।

उसो त संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पटक-पटक केन्द्रबाट गएको बजेट सवारी साधन, जनप्रतिनिधिको सुविधामा खर्च नगर्न निर्देशन दिएको छ । तर, स्थानीय निकायहरुले त्यसलाई सिंहदरबारको हस्तक्षेप भन्दै विरोध गर्ने गरेको सुनिन्छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही एमालेबाट निर्वाचित भएका हुन् । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖