मृत्यु जितेर कुबेतवाट नेपाल आएकी डोल्माले भनिन,- श्रीमानले अर्कै बिवाह गरीसक्नुभयो, अब म घर जान्न, आत्मनिर्भर भएर छोराको लागि बांच्ने छु (भिडियो सहित)

काठमाण्डौ, ११ साउन, “मैले कति पटक भनिसके अब म पुरानो कुरा सम्झन चाहन्न, तपाईहरु पनि मलाई पटक पटक त्यही कुरा नगर्नु, पत्रकारको संधै एउटै प्रश्नवाट आजित बनेकी डोल्मा शेर्पाले लाइट नेपाल संग कुराकानी सुरु गर्नु अगावै भनिन्, मलाई धेरै टेन्सन हुन्छ, मेरो आंखा अगाडी त्यही घटना आउंछ । म विर्सन खोज्छु , पत्रकारहरुले बारबार त्यही घटना सोध्दा मलाई गाह्रो हुन्छ । सबैले बुझीसकेको कुरा हो । भाषा नजानेर मलाई त्यसरी फसाइयो । अर्काे केटा मान्छेले फिलीपिनो नागरीकलाई मारे अनि मलाइ त्यो लाशमा छुन लगाए । यसरी मलाई फसाइएको हो ।”

उनले कुबेतमा भएको त्यो घटना सम्झदै भनिन्, “मलाई पनि कति कुट्यो । चार जना केटा बिचमा हामी दुई जना महिला थियौ । अर्काे फिलिपिन्सवाट त्यहां आएको महिला पनि आफ्नो बालबच्चा छोडेर घरेलु काममा आएको थियो । हामी एकदम मिलेर बसेका थियौं । दुखसुखका कुरा गर्थ्यौं । सबैले यस्तै सोध्दा मलाई यस्तो लाग्छ मैले उसलाई बचाउन सकिन । उ त मरेर गयो । मलाई बांच्न कति गाह्रो भयो । दाजुभाईले मलाई यती सहयोग नगरेको भए म पनि मर्थे होला । तपाईहरुले यो कुरा फेरी बल्झाउंदा उसलाई मात्र किन मार्यो मलाई किन मारेन भन्ने कुरा मात्र मेरो दिमागमा घुमिरहन्छ ।” बाँकि पुरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।