स्वर्गीय राजा बीरेन्द्र सोझो र राजनीति भन्दा देश बिकाशमा रुचि राख्ने राजा थिए : केशव बुढाथोकी (भिडियो सहित)
पंचायतकालमा सरकारी कर्मचारी मन्त्रीसंग डराउने गर्थे, तर अहिलेका कर्मचारीहरु मन्त्रीकै हैसियतमा रहेको देखाउन पनि मन्त्रिसंग डराउदैन किनकी यो देशमा लोकतन्त्र ,गणतन्त्र ल्याउन नेताहरुको जतिकै योगदान सरकारी कर्मचारीहरुले पनि गरेको भनेर दावी गर्ने गर्छन ।
सिंहदरवारमा बस्ने बानी परेको कर्मचारीहरु प्रदेशमा जान तयार भएको छैन यो नै अहिलेको सबै भन्दा ठुलो चुनौती हो जसले संघियतालाई कार्यान्वयन गराउन सबैभन्दा ठुलो चुनौती खडा गरेको छ ।
राजा बीरेन्द्र साह्रै सोझो र इमान्दार भएको हुदा धेरैले राजा बीरेन्द्रलाई प्रयोग गरे । राजा बीरेन्द्रमा राजनीति भन्दा देश बिकाशमा चै रुचि राख्ने राजा हुन् । राजा बीरेन्द्रलाई २०४६ सालको आन्दोलन हुदा तत्कालिन आन्दोलनकारी दलहरुसंग वार्ता गर्नु पर्छ भन्ने सुझाब दिने एक मात्रै मन्त्रि आफु भएको बुढाथोकीले जानकारी दिए ।
साथै बिपीको मृत्यु हुदाँ तत्कालिन पंचायतका जिल्ला सभापतिहरु मध्ये केशवकुमार बुढाथोकी एक मात्रै ब्यक्ति हुन् जसले जिल्ला पंचायतको बैठकबाट शोक प्रस्ताव पारित गर्ने र बिपीको बिदाईमा सामेल हुने तत्कालिन जिल्ला पंचायतका एक मात्रै सभापति ।
गिरिजा गुण र दोष बराबर छन् साथै गिरिजामा भिजन र दुरदर्शिता पनि थियो ।
प्रचण्ड अहिलेको राजनीतिमा स्मार्ट राजनैतिक व्यक्तित्व हुन् ।आफुले के गर्दै छु भन्ने बिषयमा राम्रो हेक्का प्रचण्डमा देखिन्छ ।
वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवालाई मैले राम्ररी बुझ्न सकेको छैन र देउवाले आफ्नो टिम पनि राम्रो बनाउन सकेका छैनन ।
उक्त विचारहरु नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकीले टफटकमा ब्यक्त गरेका हुन् । राजा बीरेन्द्रसंगै दार्जिलिंगमा पढेका हुन् बुढाथोकीले ।
दुई चरणको स्थानीय चुनाव सम्पन्न भएसँगै सरकार कर्मचारी व्यवस्थापन गर्ने गृहकार्यमा छ । तर स्थानीय तहमा कर्मचारी सरुवा गर्ने काम सरकारका लागि फलामको च्युरा सरह हुने देखिन्छ ।
कुनै स्थापित मान्यता, सिद्धान्त र विधि भन्दा पनि पहुच, आर्थिक लाभ र प्रभावका आधारमा शरुवा गर्ने प्रवृत्ति सत्ताधारीहरुमा हावी छ ।
अर्को तर्फ दलै पिच्छेका ट्रेड युनियनको दवावका कारण सरकारले खाटाएका ठाउमा गएर सेवा गर्नुको साटो कर्मचारीहरु सरुवाको विरोधमा मोर्चावन्दी गरिरहका छन् ।
यता सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मात्रै मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । केन्द्रिय समिति बैठकमा रामचन्द्र समुहले सभापति समेत रहनुभएका देउवाका कारण स्थानीय तहमा दोस्रो स्थानमा खुम्चिनु परेको आरोप लगाएका छन् भने देउवा समुहले सभापतिको बचाउ गरेका छन् ।
यीनै विषयमा कुरा गर्न मैले आज पूर्व सामान्य प्रशासन मन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार वुढाथोकीलाई टफटकका लागि स्टुडियोमा वोलाएको छ ।
पञ्चायती व्यवस्थाको अन्तिम मन्त्रिपरिषद्मा जलस्रोत सहायक राज्यमन्त्री हुनुभएका बुढाथोकी कसरी कांग्रेस हुनुभयो ?
पार्टी भित्रै चैते कांग्रेसको आरोप लाग्ने बुढाथोकी कसरी कांग्रेस नेतृत्वको प्रिय पात्र बनिरहनुभएको छ ? भारतमा समेत अध्ययन गर्नुभएका बुढाथोकीले पञ्चायती व्यवस्था र लोकतान्त्रिक व्यवस्थामा मन्त्री हु“दाको अन्तर के पाउनुभयो ? निर्वाचन सम्पन्न भएपछी किन स्थानीय तहमा कर्मचारी जान मानिरहेका छैनन् ।
यिनै प्रश्नको जवाफ खोज्ने दिन टफटकमा कांग्रेस नेता केशवकुमार बुढाथोकी ,हेर्नुस भिडियो


