अस्थायी शिक्षकले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर भने,- अन्याय भयो सरकार !

काठमाण्डौ, १२ साउन । अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन् । उनीहरुले स्थायी हुन पाउँदै भन्दै बिन्तीपत्र बुझाएका हुन् । सैनिक मुख्यालयमा पनि उनीहरूले सोही प्रकृतिको बिन्तीपत्र बुझाएका थिए – काठमाण्डूटुडेमा खबर छ ।

तत्कालिन राजा ज्ञानेन्द्रको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवसर दिने भनिएपनि हाल सम्म आफूहरु अस्थायी नै रहेको बन्दै बिन्तीपत्र बुझाएका छन् ।

उनीहरुले बुझाएको बिन्तीपत्रमा भनिएको छ, ‘राजाको पालमा सबै अस्थायी शिक्षकलाई स्थायीको अवसर दिने भनिएपनि वर्तमान समयको लोकतान्त्रिक सरकारले हामी डिग्री भएका शिक्षकलाई नै स्थायी शिक्षक विज्ञापन २०७३ मा उम्मेदवार बन्न नदिएको तथा सर्वोच्च न्यायलयमा जाँदा समेत हाम्रो पक्षमा आदेश नदिएकाले हाम्रो योग्यता, अनुभवलाई कदर गर्दै रोजगारीको संरक्षण गरिदिनका लागि सरकारसँग बिन्ती पत्र जाहेर गरेका छौ ।’

अस्थायी रुपमा नियुक्त गरिएका ५० प्रतिशतलाई स्थायी बनाइसकिएको भएपनि आफूहरूलाई कुनैपनि अवसर नदिइएको उनीहरुले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।