नेपालमा अब हिन्दु राष्ट्र सहितको राजसंस्था फर्किन्छ : प्रकाशचन्द्र लोहनी (भिडियो सहित)

यस्तो छ प्रकाशचन्द्र लोहोनीसँग नेपाललाई हिन्दुराष्ट्र कामय बनाउने उपाय

नेपालको संविधानमा हिन्दुराष्ट्रको साटो हिन्दुराष्ट्र उल्लेख गरेपछि केही दलले विरोध गरे । विरोध गर्ने केही नेताहरुमध्येमा प्रकाशचन्द्र लोहोनी पनि हुन् । राप्रपा एकता हुँदा केही एजेण्डामा विमति जनाएका लोहोनीले पार्टी नै छोडे । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनपछि राप्रपा परित्याग गरेका डा. लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) स्थापना गरेका छन् । लोहोनीले अब नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दाबी गरेका छन् । उनै लोहोनीसँग उनका एजेण्डामा केन्द्रित रहेर ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा अन्तरवार्ता लिनुभएको छ । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईको पार्टीले नेपाललाई हिन्दुराष्ट्र बनाउन सक्छ ?

नेपालमा प्रचलित सबै धर्मलाई सम्मान गर्दै सनातन हिन्दु राष्ट्रको पक्षमा हाम्रो पार्टी लागेको छ । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ भन्ने हाम्रो पहिलो माग हो । त्यसको लागि संविधान संशोधन हुनुपर्छ ।

तपाईहरुको माग पूरा हुन सक्ने अवस्था छ त ? विधानले हिन्दुराष्ट्र स्विकार गरेको छैन ।

नेपालमा कतिपटक संविधान परिवर्तन भयो ? हरेक पटकको संविधान उत्कृष्ट भनिन्छ, तर दिगो हुन सकेको छैन । आवश्यकता अनुसार परिवर्तन हुन्छ । जुन नेपालको युनिक पहिचान हो । त्यसैले संविधानमा भएका कुरालाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिन्छ । नेपालको संविधान त हप्ता हप्तामा परिवर्तन भइरहेको छ । हामी पनि संविधान संशोधन गरेर हिन्दुराष्ट्र कामय गर्न माग गछौँ ।

माग राख्दैमा पूरा हुन्छ त ?

हामीले उठाएको माग भनेको नेपाली जनताको माग हो । सारा नेपालीले हिन्दुराष्ट्र चाहेका छन् । माग पूरा भएन भने जनता सडकमा उत्रिन्छन् । नेपालको पहिचानको रुपमा रहेको सनातन हिन्दुराष्ट्र कामय गरेरै छाड्छौँ ।

तपाईहरुको पक्षमा जनता छन र ?

वास्तवमा दोस्रो जनआन्दोलनमा जनता हिन्दु राष्ट्र खारेज गर्नुपर्छ भनेर सडकमा उत्रिएका थिएनन् । हिन्दुराष्ट्र जबरजस्ती हटाइएको हो । अहिलेसम्म हिन्दुराष्ट्र कसले र किन हटायो भन्ने कुराको जवाफ कसैले दिन सकेको छैन । वास्तवमा षडयन्त्रपूर्वक हिन्दुराष्ट्रको पहिचान मेटाउन खोजिएको हो । त्यसलाई हामी पुनः स्थापित गराएरै छाड्छौँ ।

सम्भव छ ?

हामी जनताकोमा जान्छौँ । जनताले साथ दिन्छन् । हामीले जुन एजेण्डा अघि सारेका छौँ, त्यसमा जनताको पूर्ण समर्थन छ । ९० प्रतिशतभन्दा बढि ओमकार परिवार भएको नेपाललाई हिन्दुराष्ट्र बनाएरै छाड्छौँ ।

हिमालयन टिभीको समय सन्दर्भ कार्यक्रममा लोहनीले राजतन्त्र फर्कने कुरा गरेका छन् हेर्नुस सो अन्तर्वार्ताको यो भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖