भारतको टाउको दुखाई एमाले !, नेताहरुले यसरी असफल बनाइदिए एमाले फुटाउने भारतको योजना…

नयाँ संविधान जारी भएपछि भारतलाई सबै भन्दा टाउको दुखाईको बिषय बनेको थियो एमाले । अघि पछि एक आपसमा लड्ने एमालेका शीर्ष नेताहरु नाकावन्दी पछि र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले लिएको बिदेश नीतिका सम्बन्धमा एउटै धारणा बनाएर बसेका थिए।

कुनै बेला भारतसंग राम्रो सम्बन्ध भएका एमाले अध्यक्ष ओलीसग भारत एक हिसावले असन्तुष्ट मात्र भएको होईन क्रुद्ध समेत भएको थियो।

एमाले नेतृत्वको सरकारको अडानका कारण भारतले नाकावन्दीबाट विस्तारै हात झिक्दै लगेको थियो। नाकावन्दी हटाए पछि प्रधानमन्त्रीको हैसियतमा ओलीले भारतको भ्रमण गरेका थिए। नाकावन्दी हटेपनि भारतको एमालेसगको चीसो हटेको थिएनन। भारतले तराई मार्फत अहिले सम्म पनि असन्तुष्टि जनाई रहेको छ।

भारत चाहन्थ्यो अव एमाले फुटोस । एमाले फुट्का लागि शीर्ष तहका नेताहरुबाट प्रयास गर्नुपर्छ । यसैक्रममा गत कात्तिक १७ देखि १९ सम्म भारतीय तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गरेका थिए। त्यो भ्रमणमा पनि एमालेमा खेल्नका लागि अनेक पात्रको खोजीमा ध्यान केन्द्रीत भएको थियो। भारतले चान चुन नेताहरुलाई साथमा लिएर एमाले फुट्दाको प्रभावकारीता नहुने निष्कर्ष निकालेका थिए। त्यसैले उनीहरुको नजर एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल तर्फ लागेको थियो। नेपाल पार्टीको त्यति लामो नेतृत्व गरेका र प्रधानमन्त्री भईसकेका नेता भएकोले भारतीय यो चालसग अनबिज्ञ थिएनन। देशमा आएको संकटमा सबैलाई मिलेर सामना गर्न आह्वान गर्दैै हिडेका नेपाल भारतीय यो चालबाट अनबिज्ञ थिएनन् ।

दुई देशबीचको भ्रमण आदान प्रदान स्वभाविक भएपनि कात्तिकमा मुखर्जीको भ्रमणको बेला तिकडम्का हिसावमा प्रयोग गर्ने प्रयास भएको थियो। होटल सोल्टीमा भएको भेटमा मुखर्जीले भारत भ्रमण गर्ने नेपाललाई आग्रह गरेका थिए। नेपालले त्यसलाई टेरपुच्छर नलगाए पछि भारतीय राजदूत मार्फत समेत यसको फलो अप भएको त्यसबेला आएका समाचारहरुले पुष्टि गरेका थिए। बारम्बर प्रस्ताव आए पछि एमाले अध्यक्ष केपी ओली र माधव नेपालबीच यस बिषयमा छलफल भएको थियो। दुबै नेताले यो प्रस्ताव रहस्यमय भएको भन्दै यस्तै अवस्थामा भारत भ्रमण नगर्ने निष्कर्ष निकालेका थिए।

तर अहिले भारतमा राष्ट्रपति बदलिएका छन। तर सरकार र नीति बदलिएको छैन। बिगतमा जसरी सुझबुझ पूर्ण तारिकाले एमालेका नेताहरुले चलखेल गर्ने षडयन्त्र बिफल पारेका थिए अगाडिका दिन पनि यस्तै गर्नुपर्छ भन्ने आम धारणा छ। नेपालपाटि बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।