को हुन यी पत्रकार जस्ले समस्त हिन्दु धर्मावलम्वीको अपमान गर्दै रक्षाबन्धनलाई अन्डरवेरसँग तुलना गरी यति सम्म तल्लो स्तरमा झरेर अपमान गरे ?

काठमाडौं । पत्रकार एवम कार्टुनिष्ट योगेश कुमार खपांगीले समस्त हिन्दु धर्मावलम्वीको अपमान हुने गरी आफ्नो फेसबुकपेजमा स्टाटस लेखेका छन् । हिन्दुहरुको महानपर्व रक्षावन्धनलाई लिएर उनले अपमानजनक शव्द लेखेपछि अहिले उनको फेसबुकवालमा त्यसका विरुद्धमा कमेन्टहरु आइरहेका छन् ।

उनले हिन्दुहरुले लगाउने जनैलाई भित्री वस्त्रसंग तुलना गरेर लेखेका छन् ।उनलाई अरुको धर्म र आस्था माथि अपहेलना गर्ने कोशिश गरेको र त्यसले तमाम हिन्दु धर्मावलम्बीहरु माथि अपमान गरेको आरोप लगाउदै तुरुन्त माफि माग्न समेत आग्रह गरिएको छ । पत्रकार एवम कार्टुनिष्ट योगेश कुमार खपांगी पछिल्लो समय न्यूज टेलिभिजनमा कार्यरत रहेको बुझिन आएको छ ।

यस्तो छ उनले ब्राम्हणक्षेत्रीले लगाउने गरेका जनै र शरिरको भित्री भागमा लगाइने अन्डरवेयरसँग तुलना गरि लेखेको स्टाटस(जस्ताको तस्तै)

आफु त दिनका दिन भित्रीवस्त्र (undergarments) फेरिन्छ । एकदिन फेर्न पाइएन भने दिनभरी सकसक लाग्छ । कसैलाई चैं भित्रीवस्त्र फेर्न पनि वर्षदिन कुर्नुपर्ने रे ! त्यसमाथी सरकारले छुट्टी पनि दिनु पर्ने रे !


– श्रोत नेपाल पाटि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।