आज पनि चूडामणिको मुद्धा हेर्दा हेर्दैमा, लम्बियो हिरासतको बास

भ्रष्टाचार आरोपमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्धा माथिको सुनुवाई आइतवार सर्वोच्च अदालतमा हेर्दा हेर्दैको अवस्थामा स्थगित भएको छ । आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासमा मुद्धाको सुनुवाई भएकाे थियाे ।

सो इजलासले सर्वेच्चबाट अन्तिम निर्णय नभएसम्म मुद्दा अगाडि नबढाउन विशेष अदालतलाई आदेश दिएको थियो । आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै उनकी श्रीमती कल्पना शर्मा उप्रेतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिईन ।

यसअघि न्यायाधीशद्व चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले कर फछ्र्योट आयोग अर्धन्यायीक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाइ पूर्ण इजलासले गर्नुपर्ने ठहर गरेको थियो । सोहि बमोजिम पूर्ण इजलाशमा पुगेको मुद्दा हेर्दा हेर्दैमा आज स्थगित भएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।