भरत बिमल यादवको खुलासा,- ओलीको दबाबमा माधव नेपाल दरवारमा दरखास्त हाल्न जान वाध्य भए (भिडियो सहित)

लामो समय सम्म गजेन्द्र नारायण सिंहको स्कुलिङमा रहि दोस्रो जनआन्दोलन २०६२÷०६३ मा सात दलिय प्रतिनिधिमा सक्रिय भुमिका निर्वाह गरेका मधेशवादी नेता हुन भरत विमल यादव ।

सातदल र माओवादीबीच भएको १२ बुदे समझदारीको एकजना हस्ताक्षरकर्ता भरत विमल उपेन्द्र यादवको फोरम प्रवेश गरेका हुन । भरतविमल पूर्व सासंद हुन । मधेशको निष्कलंक नेताको रुपमा यादवलाई चिन्ने गरिन्छ । नेता यादव अहिले राष्ट्रिय राजनीतिबाटै हराइसकेको जस्तो देखिन्छ ।

गजेन्द्र नारायणको निधन पछि मधेशको एक्लो नेताको रुपमा रहेका यादव कुनै समय नेपाल सरकारको वन मन्त्रालय अन्तर्गत डिएफओ भएर लामोसमय सेवा गरेका छन् , २०४७ सालमा तत्कालिन वन मन्त्रि झलनाथ खनालसंग उनको चर्काचर्की भएको बिषयले त्यो बेला प्रिन्ट मिडियामा राम्रै स्थान पाएको स्मरणीय छ ।

संबिधान जारी भए यता अहिलेसम्मकै देशको समग्र राजनीतिको बारेका नेता यादवसंग माउन्टेन टिभीका पत्रकार सुनिल दाहालले गरेको कुराकानीकोक्रममा यादवले ब्यक्त गरेका विचारहरु :

अन्तरिम संबिधान एक हिसाबले सहमतिको दस्ताबेज थियो तर त्यो ट्रयाक भन्दा बाहिर गएर संबिधान निर्माण हुदा अहिले देशमा राजनैतिक संकट देखा परेको छ । यो संकटलाई संबिधानमा न्याययोचित सम्बोधनले मात्रै हल गर्न सक्छ ।

नेपाल देश भित्रै मधेश छ , नेपालबाट मधेश छुट्याउने भन्ने अराजक कुरा स्वीकार्न मात्रै होइन सोच्न समेत सकिदैन ,विभेद छ भन्दैमा देश टुक्रयाउने कुरा गर्नु हुदैन ।

चरणबद्ध चुनाब गराउनुको अर्थ मधेश भनेको प्रदेश नम्बर दुई मात्रै हो भन्ने देखाउन र प्रमाणित गर्न गरिएको हो तर यसमा राजपा र उपेन्द्र यादव कसरी सहमत भए अचम्म छ ।

२०६२/०६३को आन्दोलन हुदा त्यो बेला एमालेका चर्चित नेता केपी ओली कहिले पनि सडक संघर्षमा देखा परेनन , त्यो बेला केपी ओलीको दबाबमा माधव नेपाल दरवारमा दरखास्त हाल्नु जान वाध्य भएको खास खुलासा पनि नेता विमलले गरेका छन । हेर्नुस शालीन तर महत्वपूर्ण भिडियोवार्ता

 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖