सरकार ! निर्वाचन आयोगका कर्मचारीले सर्वसाधारणसँग बोलिने भाषा र गर्ने व्यवहार यहि हो त ? (भिडियो सहित)
काठमाडौ, श्रावण १६ । यो घटना हो काठमाडौ जि. बि. स. भवन बबरमहलस्थित निर्वाचन आयोगका कर्मचारी र मतदाता नामावली दर्ता गराउन गएका सर्वसाधारणको ।
लगभग साढे पाँच बज्दै थियो, निर्वाचन आयोगका कर्मचारीहरु फोटो खिच्ने काम बन्द गर्दै थिए । त्यतिकैमा एक युवाले सोधे सर उता पट्टि चाहि सबै बन्द भयो भन्नु हुन्छ, यहा त खुलै रहेछ काम हुन्छ र सर यहा ? किन कि काठमाडौ जिल्ला बिकास समिती भवनमा निर्वाचन आयोगले नामावली दर्ता गरिसके पश्चात् फोटो खिच्ने काम दुइ ठाउँमा फोटो गर्दै थियो । मलाई लाग्छ ति युवक हामी जस्तै नामावली त दर्ता गरे तर फोटो खिचाउन भने बाकी नै थियो, कतै मेरो काम यहाँबाट हुन्छ कि भन्ने सोचाइले त्यसरी सोधेका थिए होलान् ।
यतिकैमा ति कर्मचारीले रिसाउदै कराउन थाले, थाहा छैन, सरकारी कर्मचारीहरुले आफुले आफुलाई के सोच्छन, जुनसुकै सरकारी कार्यलयमा पनि हामी सेवाग्राही जहिले यसरी नै हेपिनु पर्छ ।
युवकले भने हैन के हामिले सोध्न पनि नहुने हो र? भन्दै त्यहा निकै घम्साघम्सी भएपछि हो ति युवकले भनेकै हुन् भित्र मात्रै त बस्नु हुन्न होला नि बाहिर त आउनु हुन्छ होला । किन यस्तो व्यवहार गरेको ? त्यतिकैमा मैले मेरो हातमा भएको एन्ड्रोइड फोन निकालेर भिडियो कैद गरे । मैले देखेको र सुनेको अनुसार ति युवकको केहि गल्ती गरेका थिएनन् । सोध्न पाउनु उनको अधिकार थियो तर ति निर्वाचन आयोगका कर्मचारीले त्यही सोधाई नै उनले ठुलो अपराध सावित गर्दै तथानाम अपशब्द बोल्दै त त भन्दै मुख छोडे ।
आखिर सरकारी कार्यालयहरुमा कर्मचारी किन यसरी घमण्ड देखाउछन् ? केहि दिन पहिला परराष्ट्र मन्त्रालय कन्सुलर बिभाग त्रीपुरेश्वरमा मलाई पनि यस्तै गरिएको थियो । सरकार किन यि कर्मचारीलाई छाडा साढे जस्तो हुन दिएको ? जुन कर्मचारीले यस्तो व्याबहार गर्छ उस्लाई जनावर भन्दा तल्लो दर्जा दिएर फलामको डन्डिले तह किन नलगाको? गणतन्त्र नेपालमा सर्वसाधारणले पाउने सुविधा यहि हो त ? लोकतान्त्रिक नया नेपालमा के त्यही पुरानै राणा कालिन तत्वहरु नै हावी रहेको हो ? हेर्नुस् पोष्टपाटी मिडियाको यो भिडियो
https://youtu.be/oM1ruv2VKac


