विजयकुमार लगायत नयाँ शक्ति नेपालका ३०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १८ साउन । नयाँ शक्ति पार्टी नेपालका नेता विजयकुमार साहलगायत विभिन्न पार्टी परित्याग गरी ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार स्थानीय तह निर्वाचनको तेस्रो चरणको पूर्व सन्ध्यामा धनुषाको जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका नेता विजयकुमार साहलगायत विभिन्न पार्टी परित्याग गरी ३०० जना नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । आजको साझा पोष्टमा खबर छ – कार्यक्रममा नवप्रवेशीलाई पार्टी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेसी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा नेपालमा हिटलरहरु जन्मन खोजेको बताए । प्रचण्डले भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेसी जनताले गरेका छन् भने । नेता ‘प्रकाश’ले भने, ‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो ।’

पार्टीका अर्का नेता रामबहादुर थापा बादलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताए । उनले भने, ‘प्रदेश नं. २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ । क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।